सरकार र शिक्षक महासङ्घका प्रतिनिधिबीचको वार्ता सुरु
काठमाडौं । शिक्षक महासङ्घ र सरकारबीचको वार्ता शिक्षा मन्त्रालय सुरु भएको छ । महासङ्घको आन्तरिक बैठक लम्बिँदा सरकारसँगको पूर्वनिर्धारित वार्तामा केहि समय ढिलाइ भएको बैठकमा सहभागी एक शिक्षक नेताले बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको रोहबरमा शिक्षक महासंघका प्रतिनिधिहरूबीच मन्त्रालयमा वार्ता भइरहेको छ । सोमबार राति सरकार र शिक्षक महासङ्घबीच भएको वार्ता सकारात्मक […]

काठमाडौं । शिक्षक महासङ्घ र सरकारबीचको वार्ता शिक्षा मन्त्रालय सुरु भएको छ । महासङ्घको आन्तरिक बैठक लम्बिँदा सरकारसँगको पूर्वनिर्धारित वार्तामा केहि समय ढिलाइ भएको बैठकमा सहभागी एक शिक्षक नेताले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको रोहबरमा शिक्षक महासंघका प्रतिनिधिहरूबीच मन्त्रालयमा वार्ता भइरहेको छ ।
सोमबार राति सरकार र शिक्षक महासङ्घबीच भएको वार्ता सकारात्मक भएको बताइएको थियो। आज सहमति हुने अपेक्षा गरिएको छ ।
What's Your Reaction?






