बेलायतमा पहिलोपटक काउन्टी क्लब ग्राउन्डमा खेलाइंदै मनकामना कप क्रिकेट

लन्डन- बेलायतको नेपाली समुदायमा पहिलोपटक यहाँको काउन्टी क्रिकेट क्लबको मैदानमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। ब्रिटिश गोर्खाली क्रिकेट लिगको आयोजनामा लन्डन वाटफोर्डस्थित काउन्टी स्तरको वेष्ट हर्टस् क्रिकेट क्लबको ग्राउन्डमा मनकामना कप च्यारिटी प्रतियोगिता खेलाइने भएको हो। आगामी अगष्ट महिनाको २५ तारिखका दिन सञ्चालन हुने प्रतियोगितामा गोर्खा बिग्रेडका साथै बेलायतको सिंगो नेपाली समुदायका क्रिकेट क्लबहरुलाई […]

Apr 29, 2025 - 15:27
 0
बेलायतमा पहिलोपटक काउन्टी क्लब ग्राउन्डमा खेलाइंदै मनकामना कप क्रिकेट

प्रतियोगिता तयारीबारे लन्डन दूतावासमा राजदूत चन्द्र कुमार घिमिरेसंग छलफल

लन्डन- बेलायतको नेपाली समुदायमा पहिलोपटक यहाँको काउन्टी क्रिकेट क्लबको मैदानमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

ब्रिटिश गोर्खाली क्रिकेट लिगको आयोजनामा लन्डन वाटफोर्डस्थित काउन्टी स्तरको वेष्ट हर्टस् क्रिकेट क्लबको ग्राउन्डमा मनकामना कप च्यारिटी प्रतियोगिता खेलाइने भएको हो।

आगामी अगष्ट महिनाको २५ तारिखका दिन सञ्चालन हुने प्रतियोगितामा गोर्खा बिग्रेडका साथै बेलायतको सिंगो नेपाली समुदायका क्रिकेट क्लबहरुलाई आमन्त्रण गरिएको छ ।

आयोजकले प्रतियोगिता तयारीबारे लन्डन दूतावासमा राजदूत चन्द्र कुमार घिमिरेसंग पनि छलफल गरेका छन्।

प्रतियोगिता इङ्गल्याण्ड र वेल्स क्रिकेट बोर्ड, राष्ट्रिय एसियाली क्रिकेट परिषद्, क्रिकेट विदाउट बाउन्ड्रीज र एमसीसी फाउन्डेसनसँगको साझेदारीमा सञ्चालन हुन लागेको आयोजक लिगले जनाएको छ ।

मनकामना कपमार्फत् क्रिकेट विदाउट बाउन्ड्रीज नामको च्यारिटीको लागि केही कोष जम्मा गर्ने उद्धेश्य राखिएको छ। एशिया तथा अफ्रिकाका विभिन्न मुलुकमा ग्रासरुट क्रिकेट विकासमा क्रियाशिल विदाउट बाउन्ड्रीजले नेपालमा समेत निरन्तर सहयोग गर्दै आएको छ ।

ब्रिटिश गोर्खाली क्रिकेट लिग विगत पाँच वर्षदेखि बेलायतको नेपाली समुदायमा आयोजना हुंदै आएको लिग हो । जुन बेलायतका विभिन्न स्थानीय क्रिकेटसम्बन्धी निकायहरुसँगको सहकार्यमा बेलायतमा आयोजना हुने एक मात्र नेपाली क्रिकेट लिग रहेको आयोजकको भनाइ छ।

बेलायतका ह्याम्पशायर क्रिकेट बोर्ड, नेश्नल एसियन क्रिकेट काउन्सिल, क्लब क्रिकेट कन्फरेन्स, एमसीसी फाउन्डेसन तथा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डलगायतसँग ब्रिटिश गोर्खाली क्रिकेट लिगको समन्वय र सहकार्य रहंदै आएको लिग आयोजक समूहका अध्यक्ष ज्ञाम गुरुङले नेपालीलिंकलाई जानकारी दिए ।

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई नेश्नल एसियन क्रिकेट र क्लब क्रिकेट कन्फरेन्समा खेल्न पठाउने गरिएको छ। जुन प्लेटफर्ममार्फत् उनीहरुले बेलायतका काउन्टी क्रिकेट क्लब र एसोशिएट राष्ट्रका टीमविरुद्ध खेल्ने राम्रो अवसर प्राप्त हुने आयोजकको भनाइ छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register