सिंहदरबारमा बोतल र जार निषेध !

काठमाडौँ । सिंहदरबारमा खानेपानीका बोतल र जार निषेध गरिने भएको छ । सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिने भएकाले बोतल र जार निषेध गरिने भएको हो । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खाने पानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ […]

Apr 29, 2025 - 08:32
 0
सिंहदरबारमा बोतल र जार निषेध !

काठमाडौँ । सिंहदरबारमा खानेपानीका बोतल र जार निषेध गरिने भएको छ । सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिने भएकाले बोतल र जार निषेध गरिने भएको हो ।

सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खाने पानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको खाने पानी जडान गरिने भएकाले बोतल र जार निषेध गर्ने घोषणा गरेका थिए ।

हाल सिंहदरबारमा मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रूपमा अगाडि बढिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register