बालुवाटारमा छलफल : गृहमन्त्रीले राजीनामा नदिने, संसद्‌मा बोल्ने

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसबीच भएको छलफलमा उनले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिएको छ । विपक्षी दलहरूले मंगलबार संसद् अवरोध गरेपछि बुधबार बिहानै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । सभापति देउवा, […]

May 28, 2025 - 07:31
 0
बालुवाटारमा छलफल : गृहमन्त्रीले राजीनामा नदिने, संसद्‌मा बोल्ने

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसबीच भएको छलफलमा उनले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिएको छ ।

विपक्षी दलहरूले मंगलबार संसद् अवरोध गरेपछि बुधबार बिहानै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री लेखकलाई साथमा लिएर बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले आफूमाथि लागेका प्रश्नको जवाफ दिने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री र कांग्रेसबीचको छलफल लम्बिएपछि ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकसमेत सुरु भएको छैन ।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायतका विपक्षीहरूले गृहमन्त्रीले जवाफ नभई राजीनमा दिनुपर्ने बताउँदै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register