रत्नपार्कमा आन्दोलनका लागि राप्रपालाई अनुमति छैन : प्रशासन

काठमाडौं । राजावादी समूहसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ जेठमा गर्ने आन्दोलनको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई नगराएको पाइएकाे छ । राप्रपाले अहिलेसम्म आफूले गर्ने आन्दोलनका बारेमा प्रशासनलाई जानकारी नगराएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए । भण्डारीले भने, ‘कहाँ, कतिखेर आन्दोलन गर्ने भनेर हामीसँग उहाँहरूले अनुमति पनि लिनु भएको छैन […]

May 28, 2025 - 07:37
 0
रत्नपार्कमा आन्दोलनका लागि राप्रपालाई अनुमति छैन : प्रशासन

काठमाडौं । राजावादी समूहसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ जेठमा गर्ने आन्दोलनको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई नगराएको पाइएकाे छ ।

राप्रपाले अहिलेसम्म आफूले गर्ने आन्दोलनका बारेमा प्रशासनलाई जानकारी नगराएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए ।

भण्डारीले भने, ‘कहाँ, कतिखेर आन्दोलन गर्ने भनेर हामीसँग उहाँहरूले अनुमति पनि लिनु भएको छैन र जानकारी पनि गराउनु भएको छैन ।’

स्थानीय प्रशासन ऐन २०२८ अनुसार सभा, जुलुस गर्नुअघि शान्ति, सुरक्षाका लागि प्रशासन कार्यालयलाई जानकारी गराउनुर्छ । र, जिल्ला प्रशासनले अवस्था हेरेर सभा-जुलुसको ठाउँ तोक्ने र अनुमति दिने गर्दछ ।

प्रशासनलाई जानकारी नगराउनु र अनुमति नलिनुको अर्थ आन्दोनलका लागि अनुमति नदिएको ठहरिने भण्डारीले बताए । ‘जानकारी पनि छैन, अनुमति पनि छैन भनेपछि हामीले अनुमति दिएको भन्न मिल्दैन, हामीले अनुमति दिएका छैनौं ।’

१५ जेठको आन्दोलनमा सरकारबाट हस्तक्षेप हुन सक्ने भन्दै राजावादी समूह र राप्रपा ९ जेठमा राष्ट्रिय मानव अधिकार आयोग गुहार्न पुगेका थिए ।

तर, राप्रपाले भने रत्नपार्कमा आन्दोलन गर्ने बताएको छ । आफ्नो आन्दोलन शान्तिपूर्ण हुने राप्रपाको दाबी छ । राप्रपा महामन्त्री कुन्ति शाहीले नेपालभ्यूजसँग भनिन्, ‘हामी रत्नपार्कमा आन्दोलन गर्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।’ आन्दोलनका लागि भनेर उपत्यका बाहिरबाट राप्रपाले मान्छे नल्याउनेसमेत उनले बताइन् । उनले भनिन्, ‘जेठ १५ गतेको आन्दोलनका लागि उपत्यका बाहिरबाट हामीले मान्छे ल्याउँदैनौं । काठमाडौं र यही आसपासका मान्छे मात्र हाम्रो आन्दोलनमा हुन्छन् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register