ज्येष्ठ पूर्णिमालाई संगीत दिवसका रूपमा मनाइने

ललितपुर। ज्याःपुन्हि अर्थात् ज्येष्ठ पूर्णिमाका दिनलाई राष्ट्रिय संगीत दिवसका रूपमा मनाउन आगामी २८ गते ललितपुरमा विविध कार्यक्रम आयोजना गरिने भएको छ। मल्ल कालदेखि राजा सिद्धिनरसिंह मल्लले रचना गरेका ३१ वटा शास्त्रीय गीत गाउने ३ सय ८८ वर्षदेखिको परम्परालाई टेकेर सो दिनलाई राष्ट्रिय संगीत दिवसका रूपमा मनाउन लागिएको हो। ज्येष्ठ पूर्णिमाका दिन पाटन दरबार क्षेत्रस्थित कृष्णमन्दिर […]

May 28, 2025 - 04:12
 0
ज्येष्ठ पूर्णिमालाई संगीत दिवसका रूपमा मनाइने

ललितपुर।

ज्याःपुन्हि अर्थात् ज्येष्ठ पूर्णिमाका दिनलाई राष्ट्रिय संगीत दिवसका रूपमा मनाउन आगामी २८ गते ललितपुरमा विविध कार्यक्रम आयोजना गरिने भएको छ।

मल्ल कालदेखि राजा सिद्धिनरसिंह मल्लले रचना गरेका ३१ वटा शास्त्रीय गीत गाउने ३ सय ८८ वर्षदेखिको परम्परालाई टेकेर सो दिनलाई राष्ट्रिय संगीत दिवसका रूपमा मनाउन लागिएको हो। ज्येष्ठ पूर्णिमाका दिन पाटन दरबार क्षेत्रस्थित कृष्णमन्दिर अगाडि राजा सिद्धिनरसिंह मल्लका सिंहासन प्रदर्शन गरी सो गीत गाउने गरिन्छ। सो परम्परालाई निरन्तरता दि“दै त्यसको सन्दर्भ, महत्वलाई आधुनिक परिवेशसंग जोडेर व्यापक बनाउने उद्देश्यले ललितपुर संस्कृति प्रवद्र्धन केन्द्रले सो दिनलाई जनस्तरबाट राष्ट्रिय संगीत दिवसको रूपमा मनाउनुपर्ने अभियान थालनी गरेको हो।

यस पृष्ठभूमिमा विभिन्न संघसंस्थाको वृहत् सहभागितामा दिवस मनाउन लागिएको केन्द्रका अध्यक्ष बदनलाल न्याछ्योंले जानकारी गराए। केन्द्रका अनुसार ३१ वटा शास्त्रीय गीत गाउने कार्यक्रमस“गै विभिन्न टोलमा दाफा भजन, शास्त्रीय तथा आधुनिक गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यस्तै जेष्ठ ३० गते कलानिधि इन्दिरा महाविद्यालयद्वारा ललितपुरको पिम्बहालमा शास्त्रीय तथा आधुनिक गीत प्रस्तुत गरिने छ भने सार १ गते काठमाडौं, भक्तपुर, कीर्तिपुर, खोकना, विराटनगर, चैनपुर, क्यानडा, अमेरिका, अस्टे«लियामा समेत कार्यक्रम हुने छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register