हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत लाभांश दिने

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । इन्स्योरेन्सको बुधबार बसेको सञ्चालक समिति बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी अहिले ९ अर्ब १४ करोड ३२ […]

May 28, 2025 - 07:58
 0
हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत लाभांश दिने

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

इन्स्योरेन्सको बुधबार बसेको सञ्चालक समिति बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको चुक्ता पुँजी अहिले ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ छ। इन्स्योरेन्सका सेयरधनीले कर प्रयोजनसहित ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ प्रतिफल पाउनेछन्।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register