पृथ्वीनारायण शाह : जसले नेपालको सीमाना पूर्वमा टिस्टासम्म पुर्‍याए

काठमाडौं । नेपाल एकीकरणको नेतृत्व गरेका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाउन लागिएको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण […]

Jan 11, 2025 - 01:09
 0
पृथ्वीनारायण शाह : जसले नेपालको सीमाना पूर्वमा टिस्टासम्म पुर्‍याए

काठमाडौं । नेपाल एकीकरणको नेतृत्व गरेका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाउन लागिएको हो ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायणले राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गरेका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको उनको शालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिन्छ ।

विशेषगरी राजसंस्था पुनस्र्थापनाको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हरेक वर्ष पुस २७ गते ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ ।

नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायणको जन्मदिवसका अवसरमा राप्रपाले यो दिवस मनाउँदै आएको हो ।

देशमा गणतन्त्र आएसँगै तत्कालीन सरकारले पृथ्वी जयन्तीको बिदामा कटौती गरेको थियो ।

तर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारको पालादेखि सरकारले पृथ्वी जयन्तीमा बिदा दिँदै आएको छ ।

यद्यपि, औपचारिक रुपमा भने सरकारले यो दिवस मनाउने गरेको छैन ।

यसबीच पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार भिडिओ सन्देश जारी गर्दै पृथ्वीनारायणले देखाएको बाटोमा हिँड्न सबैलाई आग्रह गरेका थिए ।

सम्बन्धित समाचारहरू :

‘पृथ्वी जयन्ती’को निम्तो दिन लिङ्देन पुगे बालुवाटार, ओलीसँग लामो कुराकानी

हामी सुनको कमण्डलु बोकेर भिख मागिरहेका छौँ : पूर्वराजा ज्ञानेन्द्र (भिडिओसहित)

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register