टेस्लाको प्रतिद्वन्द्वी बीवाईडीको लक्जरी गाडीले देखायो यस्तो क्षमता, खाल्डाखुल्डी उफ्रेरै पार गर्न सक्ने
काठमाडौं । टेस्लाको प्रतिस्पर्धी चिनियाँ कम्पनी बीवाईडीले गत वर्ष दुई लाख ३३ हजार डलर (करिब तीन करोड २० लाख रुपैयाँ) पर्ने पहिलो सुपरकार सार्वजनिक गरेको थियो । याङवाङ यू नाइन नाम दिइएको यस मोडेलले त्यतिबेला विश्व बजारमा राम्रै चर्चा पायो । अहिले कम्पनीले यही लक्जरी विद्युतीय गाडीको ‘खाल्डाखुल्डी र सडकका काँटीहरूमाथि हाम फाल्ने’ क्षमता प्रदर्शन गरेको छ । गत सोमबार चिनियाँ सामाजिक सञ्चाल विबोमा बीवाईडीले पोस्ट गरेको भिडिओमा यस गाडीले तीब्र गतिमा आएर बाटोको खाल्डाखुल्डीमा नाघेको देख्न सकिन्छ । ...

What's Your Reaction?






