झापा जिल्ला सहकारी संघको सपथ ग्रहण : प्रमुख अतिथि गिरीको चार सुझाव

बिर्तामोड, २४ बैशाख । झापा जिल्ला सहकारी संघको आठौं अधिवेशनबाट नवनिर्वाचित सञ्चालक तथा लेखा समितिले सपथ ग्रहण गरेका छन् । आज बिर्तामोडमा आयोजित ‘सपथ ग्रहण तथा पद हस्तान्तरण’ कार्यक्रमका बीच नवनिर्वाचित सञ्चालक तथा लेखा समितिले सपथ ग्रहण गरेका हुन् । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा [...] The post झापा जिल्ला सहकारी संघको सपथ ग्रहण : प्रमुख अतिथि गिरीको चार सुझाव appeared first on Jhapa Online.

May 7, 2025 - 13:49
 0
झापा जिल्ला सहकारी संघको सपथ ग्रहण : प्रमुख अतिथि गिरीको चार सुझाव

बिर्तामोड, २४ बैशाख । झापा जिल्ला सहकारी संघको आठौं अधिवेशनबाट नवनिर्वाचित सञ्चालक तथा लेखा समितिले सपथ ग्रहण गरेका छन् ।

आज बिर्तामोडमा आयोजित ‘सपथ ग्रहण तथा पद हस्तान्तरण’ कार्यक्रमका बीच नवनिर्वाचित सञ्चालक तथा लेखा समितिले सपथ ग्रहण गरेका हुन् । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

सोही कार्यक्रमका बीच निवर्तमान अध्यक्ष गणेश ढकालले नवनिर्वाचित अध्यक्ष प्रेमकुमार कोइरालालाई संघको माइन्युट हस्तान्तरण गर्दै पदहस्तान्तरण गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित समितिले निवर्तमान समितिलाई सम्मान समेत गरेको छ ।

कार्यक्रममा नवनिर्वाचित समितिलाई बधाई दिनुहुँदै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरीले चार वटा सुझावसमेत दिनुभएको छ ।

उहाँले संघको स्रोतको अधिकतम प्रयोग गर्नुपर्ने, सहकारी अभियानलाई मद्दत पुग्ने काम गर्नुपर्ने, विगतका कमी कमजोरीलाई सुधार्नुपर्ने, झापालाई सहकारी पर्यटन हब बनाउन विकास गर्न लाग्नुपर्ने, सहकारीकर्मीबीच प्रतिस्पधा भन्दा गोलबद्ध हुनु पर्ने सुझाव दिनुभएको छ ।

“झापा नमूना सहकारी जिल्लाका रुपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो, “हामीले झापालाई सहकारी पर्यटनको हबको रुपमा विकास गर्नछौं ।” अध्यक्ष गिरीले संघले कार्यविधि मार्फत सुधार्नुपर्ने कामहरु गर्नुकासाथै सबै सहकारीलाई गोलबद्ध बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मिनाकुमारी ढकालले संघले जिल्लाका सबै सहकारीलाई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सजिलो र अप्ठ्यारो दुवै अवस्थाका सहकारीलाई संघले सुधार्न लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका सल्लाहकार समिति संयोजक रामचन्द्र उप्रेतीले संघलाई जीवन्त राख्न गर्नुपर्ने कामका रुपमा नयाँ नेतृत्व चयन भएको बताउनुभयो । उहाँले नवनिर्वाचित समितिले संघको नेतृत्वमा आउनुको औचित्य पुष्टि गर्नुपर्ने चुनौती र अवसर दुवै रहेको बताउनुभयो ।

बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) का महासचिव घनश्याम अधिकारीले सहकारी अभियान देखिएको समस्याका विरुद्ध एकताबद्ध भएर लाग्न जरुरी रहेको बताउनुभयो । सहकारी अभियानमा देखिएको चुनौतीका बीच यतिबेला संघहरु आफ्नै गरिमाले स्थापित हुनुपर्ने उहाँको भनाइ थियो ।

निवर्तमान अध्यक्ष गणेश ढकालले धन्यवाद मन्तव्य राख्नु भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रेमकुमार कोइरालाले आफूलाई नेतृत्वममा पुरÞ्याएको धन्यवाद दिनुहुँदै सहकारी अभियानमा शिर निहुर्याउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा निर्वाचन समिति संयोजक भण्डारीले सर्वसम्मत प्रयास भए पनि सम्भव नभएको बताउनुहुँदै निर्वाचन सम्पन्न गर्ने क्रममा केही तीतो क्षण भोग्नुपर्ने बताउनुभयो । निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद समेत दिनुभयो ।
संघकी निवर्तमान उपाध्यक्ष चम्पा खनाल सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगाल भानुले गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, कोशी प्रदेश संघका लेखा समिति संयोजक खोम बगाले, कोशी प्रदेश बचत संघकी उपाध्यक्ष चन्द्र खड्का, निर्वाचन समिति सदस्य वीपी भट्टराई, तुलसा कुँवर लगायतको आतिथ्य रहेको थियो ।

यी हुन् संघमा नवनिर्वाचितहरु
१. अध्यक्ष – प्रेम कुमार कोइराला
२. वरिष्ठ उपाध्यक्ष – दुर्गा प्रसाद सापकोटा
३. उपाध्यक्ष – नारायण प्रसाद भट्टराई
४. महिला उपाध्यक्ष – देवी निरौला
५. सचिव – भवानी प्रसाद दंगाल
६. सह–सचिव – टसबहादुर श्रेष्ठ
७. कोषाध्यक्ष – केशव बस्नेत
८. सदस्य – नारायण प्रसाद गौतम
९. सदस्य – प्रेम सागर सापकोट
१०. सदस्य – काशिनाथ घिमिरे
११. सदस्य – विन्दा कुमारी थापा
१२. सदस्य – निला कुमारी दाहाल
१३. सदस्य – पुष्पा अधिकारी
१४. सदस्य – संगीता गजुरेल
१५. सदस्य – देविमाया अधिकारी
१६. सदस्य – युवराज गौतम
१७. सदस्य – हरिकृष्ण अधिकारी
१८. सदस्य – तिलक प्रसाद सिंह राजवंशी
१९. सदस्य – श्री पदम लिम्बु लिङ्देन

लेखा सुपरिवेक्षण समिति
२०. संयोजक – चुडामणी ओझा
२१. सदस्य – राजेन्द्र रिजाल
२२. सदस्य – मिलन आचार्य

The post झापा जिल्ला सहकारी संघको सपथ ग्रहण : प्रमुख अतिथि गिरीको चार सुझाव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register