बुधबार ६२.२५ अंकले बढ्यो नेप्से परिसूचक, १० अर्ब ५१ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

May 7, 2025 - 12:30
 0
बुधबार ६२.२५ अंकले बढ्यो नेप्से परिसूचक, १० अर्ब ५१ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबारको बजारमा नेपाल माइक्रो इन्स्योरेन्ससहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register