लागुऔषधसहित चार जना
झापा, ८ बैशाख । सुनसरी र उदयपुरबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ७ गते उदयपुरको बेलका नगरपालिका–३ स्थितमा लागु औषध कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा सोही स्थानका ३० वर्षीय बद्री भन्ने विशाल लिम्बुको साथबाट ७७० मिलिग्राम ब्राउन सुगर फेलापारी [...] The post लागुऔषधसहित चार जना appeared first on Jhapa Online.

झापा, ८ बैशाख । सुनसरी र उदयपुरबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ७ गते उदयपुरको बेलका नगरपालिका–३ स्थितमा लागु औषध कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा सोही स्थानका ३० वर्षीय बद्री भन्ने विशाल लिम्बुको साथबाट ७७० मिलिग्राम ब्राउन सुगर फेलापारी नियन्त्रणमा लिएको हो भने त्रियुगा नगरपालिका–१२ का २६ बर्षीय मो इस्माइल अलीलाई लागुऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट, त्रियुगा नगरपालिका–६ स्थितबाट प्रहरी चौकी लालपत्ताले पक्राउ गरेको हो ।
त्यसैगरी, सुनसरीको धरान उप महानगरपालिका १५ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटले को २० प ३६८३ नम्बरको स्कुटी चालक सोही स्थानका ४६ बर्षीया रेसु राई र स्कुटी सवार २९ बर्षीय सन्तोष साहलाई ट्रामाडोल ३०९ क्याप्सुल र स्पास्पेन ३०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।
The post लागुऔषधसहित चार जना appeared first on Jhapa Online.
What's Your Reaction?






