सोमबार १५.५४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २२ कम्पनीको सेयर खरिद बिक्री हुँदा एक करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६५ करोडमाथिको सेयर कारोबार […]

Jan 13, 2025 - 09:32
 0
सोमबार १५.५४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको सेयर खरिद बिक्री हुँदा एक करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ४५ करोड २५ लाख ५१ हजार ६ सय ७५ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोमबारको बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register