प्रज्ञाप्रतिष्ठानद्वारा पहिलोपटक गुरूङ भाषामा पत्रिका प्रकाशन

झापा, १३ साउन । नेपाली सञ्चारको इतिहासमा पहिलो पटक तमू (गुरूङ) भाषामा पत्रिका प्रकाशन भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानले तमू भाषामा ‘तमू कए’ तमू क्युइल ल्हो क्रिर्बे छ्युई अर्थात् तमू आवाज गुरूङ भाषाको एक वर्षको पत्रिका प्रकाशन गरेको प्रज्ञाप्रतिष्ठानका मातृभाषा विभाग प्रमुख एवम् प्राज्ञ सदस्य राजन मुकारूङले जानकारी दिनुभयो । पत्रिकाको रुपमा गुरूङ भाषाले स्थान [...] The post प्रज्ञाप्रतिष्ठानद्वारा पहिलोपटक गुरूङ भाषामा पत्रिका प्रकाशन appeared first on Jhapa Online.

Jul 29, 2025 - 06:12
 0
प्रज्ञाप्रतिष्ठानद्वारा पहिलोपटक गुरूङ भाषामा पत्रिका प्रकाशन

झापा, १३ साउन । नेपाली सञ्चारको इतिहासमा पहिलो पटक तमू (गुरूङ) भाषामा पत्रिका प्रकाशन भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानले तमू भाषामा ‘तमू कए’ तमू क्युइल ल्हो क्रिर्बे छ्युई अर्थात् तमू आवाज गुरूङ भाषाको एक वर्षको पत्रिका प्रकाशन गरेको प्रज्ञाप्रतिष्ठानका मातृभाषा विभाग प्रमुख एवम् प्राज्ञ सदस्य राजन मुकारूङले जानकारी दिनुभयो । पत्रिकाको रुपमा गुरूङ भाषाले स्थान पाएको यो नै पहिलो घटना भएको उहाँले बताउनुभयो ।

प्रज्ञाप्रतिष्ठान स्थापना भएको ६७ वर्ष भइसक्दासमेत बल्ल गुरूङ भाषामा पत्रिका प्रकाशन गर्न सफल भएको तमू कएकी कार्यकारी सम्पादक अनिता गुरूङले बताउनुभयो । ‘हामीले पहिलोपटक गुरूङ भाषामा पत्रिका प्रकाशन गर्न सफल भएका छौँ’, उहाँले भन्नुभयो ‘यसलाई औपचारिकरुपमा लोकार्पण भने केही दिनमा हुनेछ ।’

ढिलै भए पनि तमू समुदाय प्रज्ञाप्रतिष्ठानप्रति खुसी भएको उहाँले बताउनुभयो । कार्यकारी सम्पादक गुरूङका अनुसार पत्रिकामा गुरूङ जातिको बसोवास रहेको गाउँको चिनारी, व्यक्ति चिनारी, गुरूङ जातिको रीतिरिवाज एवम् संस्कार, संस्कृति समेटिएको छ ।

ठूलो मिहिनेत र प्रयासपछि लक्ष्य पूरा भएको बताउँदै उहाँले भन्नुभयो, ‘कम्तीमा वर्षमा दुई अङ्क प्रकाशन गर्ने लक्ष्य राखेका छौँ ।’ प्रतिष्ठानले गुरूङ भाषाप्रति देखाएको आत्मीयतालाई जीवित राख्नका लागि सम्पादकीय समूह जिम्मेवार भएर काम गर्नेसमेत उहाँले बताउनुभयो ।

The post प्रज्ञाप्रतिष्ठानद्वारा पहिलोपटक गुरूङ भाषामा पत्रिका प्रकाशन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register