मधेसकेन्द्रित दलको मोर्चा बनाउन गठित कार्यदलको बैठक आज बस्दै
काठमाडौं । मधेसकेन्द्रित राजनीतिक दलहरूले मोर्चा बनाउन गठन गरिएको कार्यदलको पहिलो बैठक आज (मङ्गलबार) बस्दैछ । आज बिहान ११ बजे धुम्बाराहीको समर्पण एकेडेमीमा बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा जसपाबाट रेणु यादव, इस्तियाक राई, जसपा नेपालबाट राजकिशोर यादव, लोसपाबाट जितेन्द्र सोनल, सुरेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान र शरद यादव, जनप्रगतिशीलबाट शिवजी […]

काठमाडौं । मधेसकेन्द्रित राजनीतिक दलहरूले मोर्चा बनाउन गठन गरिएको कार्यदलको पहिलो बैठक आज (मङ्गलबार) बस्दैछ ।
आज बिहान ११ बजे धुम्बाराहीको समर्पण एकेडेमीमा बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।
कार्यदलमा जसपाबाट रेणु यादव, इस्तियाक राई, जसपा नेपालबाट राजकिशोर यादव, लोसपाबाट जितेन्द्र सोनल, सुरेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान र शरद यादव, जनप्रगतिशीलबाट शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा र तमलोपाबाट वृषेशचन्द लाल छन् ।
What's Your Reaction?






