झापा साइक्लिङ क्लबको अध्यक्षमा आकाश श्रेष्ठ

बिर्तामोड, १३ साउन । झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । आज बिर्तामोडमा भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो । क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा पूर्णबहादुर गौली र कोषाध्यक्षमा मलिना शाक्य रहेका छन् । १३ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा [...] The post झापा साइक्लिङ क्लबको अध्यक्षमा आकाश श्रेष्ठ appeared first on Jhapa Online.

Jul 29, 2025 - 02:38
 0
झापा साइक्लिङ क्लबको अध्यक्षमा आकाश श्रेष्ठ

बिर्तामोड, १३ साउन । झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । आज बिर्तामोडमा भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो ।

क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा पूर्णबहादुर गौली र कोषाध्यक्षमा मलिना शाक्य रहेका छन् । १३ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा शिरीष रिमाल, संगीता दनुवार, प्रविन शाक्य, नारदप्रसाद रिजाल, कमल खतिवडा, नवराज गणेश, शरद जोशी र निर्मल भट्टराई रहेका छन् ।

झापामा छ वर्षअघि देखि साइकलसँग सम्बन्धित गतिविधि हुँदै आए पनि विधिवत रुपमा संस्था गठन भएको पहिलो पटक हो । अध्यक्ष श्रेष्ठकै अगुवाईमा सन् २०२० देखि बिर्तामोडमा झापा कोरा च्यालेन्ज हुँदै आएको छ । साथै, साइकल र साइकल पर्यटनका कामहरु भइरहेका छन् ।

नवगठित समितिले चाँडै नै झापामा साइक्लिङको प्रवर्धन गर्नुका साथै साइकलसँग जोडिएर पर्यटनका क्रियाकलापहरु गर्ने योजना बनाएको छ ।

The post झापा साइक्लिङ क्लबको अध्यक्षमा आकाश श्रेष्ठ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register