धनुषामा बालिकाको हत्या, आरोपी फरार

जनकपुरधाम । धनुषामा एक बालिकाको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरी नजिकै सोमबार राति बटेश्वर गाउँपालिका-५ का दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चलीको धारिलो हतियार प्रयोग गरी हत्या भएको पाइएको मधेश प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा र आशाकी १५ […]

Jul 29, 2025 - 06:02
 0
धनुषामा बालिकाको हत्या, आरोपी फरार

जनकपुरधाम । धनुषामा एक बालिकाको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरी नजिकै सोमबार राति बटेश्वर गाउँपालिका-५ का दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चलीको धारिलो हतियार प्रयोग गरी हत्या भएको पाइएको मधेश प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा र आशाकी १५ वर्षीया भतिजी राधा घाइते भएका छन् । आशाको टाउको र शरीरको विभिन्न भागमा र राधाको दाहिने घुँडा र दाहिने हातमा चोट लागेको छ ।

उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको डीआईजी चतुर्वेदीले बताए ।

हत्याको आरोप धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहमाथि लागेको छ । उनी घटनापछि फरार छन् । घटनाको अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register