फोनपे पेमेन्ट सर्भिसको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा पौष २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको […]

Jan 14, 2025 - 07:08
 0
फोनपे पेमेन्ट सर्भिसको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा पौष २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको सेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।

साथै, आर्थिक वर्ष २०८१/८२ को लेखापरिक्षकको लागि N.B.S.M. & Associates लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register