रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ

काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई साधारण तारेखमा छोड्न माग गरिएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको तर्फबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले यस्तो माग गरेका हुन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पन्तले लामिछानेविरुद्ध मुद्दाको आधार नभएकोसमेत जिकिर गरे । कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको उल्लेख गर्दै उनले […]

Jan 15, 2025 - 07:29
 0
रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ

काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई साधारण तारेखमा छोड्न माग गरिएको छ ।

काठमाडौं जिल्ला अदालतमा लामिछानेको तर्फबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले यस्तो माग गरेका हुन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पन्तले लामिछानेविरुद्ध मुद्दाको आधार नभएकोसमेत जिकिर गरे ।

कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको उल्लेख गर्दै उनले भने, ‘मुद्दा अगाडि बढाउने आधार छैन । वादी नेपाल सरकारले बाँकी चार मुद्दामा छुट दिएर परिवारको जिम्मा लगाएर तारेखमा छोड्नुपर्छ ।’

लामिछाने तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । लामिछानेलाई हिरासतमुक्त गर्ने वा थुनामा राख्ने भन्ने आदेश आजै आउने प्रबल सम्भावना छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम सङ्गठित तवरले ठगी गरेको अभियोगमा लामिछानेविरुद्ध मुद्दा दायर भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register