९० जना आतंकवादी मारेको भारतको दाबी, पाकिस्तानले के भन्यो ?

काठमाडौं । भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा गए राति एयरस्ट्राइक गरेको छ । भारतीय सञ्चार माध्यमहरूले यो आक्रमणमा कम्तीमा ९० जना आतंकवादी मारेको दाबी गरेका छन् । तर उसको यो दाबीको स्वतन्त्र पुष्टि भएको छैन । उता पाकिस्तानले भारतले पाकिस्तानका ६ स्थानमा आक्रमण गरेको बताएको छ । पाकिस्तानी सञ्चार माध्यहरूले पाँचवटा भारतीय लडाकु विमान खसालेको […]

May 7, 2025 - 04:15
 0
९० जना आतंकवादी मारेको भारतको दाबी, पाकिस्तानले के भन्यो ?

काठमाडौं । भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा गए राति एयरस्ट्राइक गरेको छ । भारतीय सञ्चार माध्यमहरूले यो आक्रमणमा कम्तीमा ९० जना आतंकवादी मारेको दाबी गरेका छन् । तर उसको यो दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।

उता पाकिस्तानले भारतले पाकिस्तानका ६ स्थानमा आक्रमण गरेको बताएको छ । पाकिस्तानी सञ्चार माध्यहरूले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेका छन् । पाकिस्तानले ८ जना नागरिक मारिएको र ३५ जना घाइते भएको जनाएको छ ।

भारतको पहलगाममा एक जना नेपालीसहित २६ जना आतंकवादी आक्रमणमा मारिएपछि यसको दोष पाकिस्तानमाथि लगाउँदै भारतले सैन्य कारबाही गरेको हो । भारतले यसलाई अप्रेसन सिन्दुर नाम दिएको छ ।

भारतको एयरस्ट्राइकपछि भारत र पाकिस्तान दुवै उच्च सतर्कमा छन् । भारत र पाकिस्तान दुवैतर्फ एयरस्पेस बन्द गरिएको छ भने विद्यालयहरू पनि बन्द गरिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register