यती एअरलाइन्सले ल्यायो ‘स्वाइप एन्ड टच द स्काइ’ अफर

काठमाडौं । यती एअरलाइन्सले ग्राहकहरुलाई थप आकर्षित गर्नका लागि ‘स्वाइप एन्ड टच द स्काइ’ अफर ल्याएको छ । ग्लोबल आइएमई बैङ्कसँगको सहकार्यमा ल्याइएको यो अफरअन्तर्गत ग्लोबलको डेबिट कार्ड प्रयोग गरी एक हप्तामा कम्तीमा ३ पटक POS टर्मिनलमा कारोबार गर्ने ग्राहकले माउन्टेन फ्लाइटको अवसर पाउनेछन् । यस योजनाबाट ३ जना भाग्यशाली जोडीले पुरस्कार स्वरूप हिमाल अवलोकनको […]

Apr 16, 2025 - 07:52
 0
यती एअरलाइन्सले ल्यायो ‘स्वाइप एन्ड टच द स्काइ’ अफर

काठमाडौं । यती एअरलाइन्सले ग्राहकहरुलाई थप आकर्षित गर्नका लागि ‘स्वाइप एन्ड टच द स्काइ’ अफर ल्याएको छ ।

ग्लोबल आइएमई बैङ्कसँगको सहकार्यमा ल्याइएको यो अफरअन्तर्गत ग्लोबलको डेबिट कार्ड प्रयोग गरी एक हप्तामा कम्तीमा ३ पटक POS टर्मिनलमा कारोबार गर्ने ग्राहकले माउन्टेन फ्लाइटको अवसर पाउनेछन् ।

यस योजनाबाट ३ जना भाग्यशाली जोडीले पुरस्कार स्वरूप हिमाल अवलोकनको अवसर प्राप्त गर्नेछन् ।

यस्तै, यती एअरलाइन्सले जनकपुर र काठमाडौंबीचको हवाई सेवामा दैनिक तीनवटा उडान सञ्चालन गर्दै आएको छ ।

यात्रुहरुको सहजताका लागि कम्पनीले बिहान ९:३०, दिउँसो २:३० र साँझ ६:०५ बजे काठमाडौंदेखि जनकपुरका लागि उडान उपलब्ध गराएको छ । जनकपुरबाट काठमाडौं फर्कने उडान क्रमशः बिहान १०:२५, दिउँसो ३:३० र साँझ ७:०५ बजेका लागि तय गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register