राजेन्द्र लिङ्देनको माग : पूर्वराजालाई स्पेस दिऊँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको  बैठकमा लिङ्देनले आफू निरन्तर गणतन्त्रको विरोधमा उभिरहने भन्दै गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका हुन् । पूर्वराजालाई कुनै नै कुनै स्पेस दिनुपर्ने र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता […]

Feb 23, 2025 - 09:12
 0
राजेन्द्र लिङ्देनको माग : पूर्वराजालाई स्पेस दिऊँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको  बैठकमा लिङ्देनले आफू निरन्तर गणतन्त्रको विरोधमा उभिरहने भन्दै गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका हुन् ।

पूर्वराजालाई कुनै नै कुनै स्पेस दिनुपर्ने र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले बताए ।

उनले लडेर वा विदेशीको बुइ चढेर ल्याएको गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने निरन्तर विरोध गरिराख्ने उल्लेख गरे ।

त्यस्तै, लिङदेनले पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङको फुङलिङ क्षेत्र अशान्त रहेको भन्दै राजनीतिक दलले अन्देखा गरिरहेको र व्यापारिक स्वार्थका लागि भाइ–भाइ लडाउने काम भएको आरोप लगाए ।

उनले पाथीभरामा केबलकार निर्माणलाइ रोक्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register