सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना गम्भीर घाइते

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अज्ञात समूहले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालका अनुसार, देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा सोमबार साँझ ६:४५ बजे मोटरसाइकलमा आएको अज्ञात समूहले तीन राउण्ड गोली प्रहार गरेको थियो। गोली लागेर स्थानीय शिव कुमार महतो गम्भीर घाइते भएका छन्। […]

Apr 14, 2025 - 16:05
 0
सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना गम्भीर घाइते

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अज्ञात समूहले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालका अनुसार, देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा सोमबार साँझ ६:४५ बजे मोटरसाइकलमा आएको अज्ञात समूहले तीन राउण्ड गोली प्रहार गरेको थियो।

गोली लागेर स्थानीय शिव कुमार महतो गम्भीर घाइते भएका छन्। उनको कम्मरमुनि गोली लागेको छ। प्रहरीका अनुसार, उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ र अवस्था गम्भीर छ।

घटनाको कारण र संलग्न अभियुक्तहरूको पहिचानका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register