भण्डारी सेवा समाज नेपालको मोरङ जिल्ला सम्मेलन सम्पन्न
काठमाडौं । भण्डारी सेवा समाज नेपालको प्रथम मोरङ जिल्ला सम्मेलन सम्पन्न भएको छ । समाजकाे उक्त सम्मेलन बैशाख २९ गते मोरङको होक्लाबारीमा सम्पन्न भएको हो । भक्त बहादुर भण्डारीको अध्यक्षता रहेको उक्त भेलामा केन्द्रिय उपाध्यक्ष एवं बाग्मती र मधेश प्रदेश इन्चार्ज र सङ्गठन विभाग प्रमुखको प्रमुख आतिथ्यतामा भण्डारीहरूको भेला सम्पन्न भएकाे थियाे । कार्यक्रममा अतिथिहरू […]

काठमाडौं । भण्डारी सेवा समाज नेपालको प्रथम मोरङ जिल्ला सम्मेलन सम्पन्न भएको छ । समाजकाे उक्त सम्मेलन बैशाख २९ गते मोरङको होक्लाबारीमा सम्पन्न भएको हो ।
भक्त बहादुर भण्डारीको अध्यक्षता रहेको उक्त भेलामा केन्द्रिय उपाध्यक्ष एवं बाग्मती र मधेश प्रदेश इन्चार्ज र सङ्गठन विभाग प्रमुखको प्रमुख आतिथ्यतामा भण्डारीहरूको भेला सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा अतिथिहरू केन्द्रिय सदस्य देवी बहादुर भण्डारी र भक्तपुर जिल्ला अध्यक्ष परीन्द्र भण्डारी र समाजका बुद्धिजीवी सूर्य बहादुर भण्डारी सहितको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम रबिन भण्डारीले सञ्चालन गरेका थिए ।
सो भेलाले देवेन्द्र भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । टेक बहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष भण्डारीले स्वदेश तथा विदेशमा रहेका रघुवंशी कौशिक गोत्रीय दाजुभाइहरूको साझा सस्था रहेको बताए । साथै उनले २०६५ असोज ३ गते स्थापना भएको यो संस्थाले स्थापनाकाल देखिनै देशको ५६ जिल्लाका दाजुभाइहरूलाई समेटिसकेको समेत जानकारी दिए । उनले देशैभरी सङ्गठन मार्फत जोडेर एक घर एक जना पनि नछुट्ने गरि बङ्शावली समेत निकाल्ने अभियानमा लागेको जानकारी दिए ।
यो संस्थाले दाजुभाइको स्वास्थ्य शिक्षाको क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउँदै हालसम्म ५ वटा अस्पतालमा सम्झौता गरिसकेको र उपचारमा ५०% देखि १५% सम्म छुटको ब्यवस्था गरेको जानकारी दिए । उनले आफ्नो धर्म, संस्कृति , परम्परालाई कायम राख्दै दाजुभाइ बिच भाइचारा सम्बन्ध स्थापना गर्दै अगाडि बढ्न समेत आग्रह गरे ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य देवी बहादुर भण्डारीले सबै दाजुभाइ एक भएर अगाडि बढ्नका लागि आह्वान समेत गरेका थिए ।
अन्त्यमा मोरङ जिल्लाका नव निर्वाचित सबै दाजुभाइलाई प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख कुमार भण्डारीले सफल कार्यकालको हार्दिक शुभकामना दिदैँ कार्यक्रम समापन गरिएको थियो ।
What's Your Reaction?






