लुम्बिनीको पहिलो जित, गण्डकी ६ विकेटले पराजित

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले पहिलो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । लुम्बिनीका लागि सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० […]

Jan 17, 2025 - 10:41
 0
लुम्बिनीको पहिलो जित, गण्डकी ६ विकेटले पराजित

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले पहिलो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

लुम्बिनीका लागि सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गि पाठकले १८ रन बनाइन् ।

गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् ।

यसअघि गण्डकीले पूरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।

गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन् ।

लुम्बिनीका लागि मनिष रानाले २ तथा मधु डीसी र अङ्गि पाठकले १–१ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register