राष्ट्रिय परिचयपत्रको डेटा ह्याक हुँदैन: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्रको डेटा ह्याक नहुने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विषयमा आयोजना गरेको छलफलमा गृहमन्त्री लेखकले सरकार नागरिकको डेटाको सुरक्षामा गम्भीर रहेको भन्दै डेटा दुरुपयोग हुन नदिने स्पष्ट पारे । गृहमन्त्री लेखकले भने, “राष्ट्रिय परिचयपत्रको डेटाको सुरक्षा एउटा गम्भीर विषय हो । डेटा ह्याक हुने वा दुरुपयोग हुने विषयमा उठेका आशङ्कालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिनेछ ।...

What's Your Reaction?






