कोलकातामा ट्रेनी डक्टर बलात्कार प्रकरणः सञ्जय राय दोषी ठहर

नयाँ दिल्ली । कोलकत्ताको सियालदह जिल्ला अदालतले आरजीकर मेडिकल कलेजमा ३१ वर्षीया ट्रेनी डाक्टरको बलात्कारपछि हत्या गरेको अभियोगका मुख्य आरोपी सञ्जय रायलाई दोषी ठहर गरेको छ। न्यायाधीश अनिर्बान दासको एकल इजलासले भारतीय न्याय संहिताको धारा ६४ (बलात्कार सम्बन्धी सजाय) धारा ६६ (मृत्युको कारक सजाय) र १०३ (हत्या) अनुसार दोषी ठहर गरेको हो। जिल्ला अदालतले मुद्दा […]

Jan 19, 2025 - 01:59
 0
कोलकातामा ट्रेनी डक्टर बलात्कार प्रकरणः सञ्जय राय दोषी ठहर

नयाँ दिल्ली ।

कोलकत्ताको सियालदह जिल्ला अदालतले आरजीकर मेडिकल कलेजमा ३१ वर्षीया ट्रेनी डाक्टरको बलात्कारपछि हत्या गरेको अभियोगका मुख्य आरोपी सञ्जय रायलाई दोषी ठहर गरेको छ।

न्यायाधीश अनिर्बान दासको एकल इजलासले भारतीय न्याय संहिताको धारा ६४ (बलात्कार सम्बन्धी सजाय) धारा ६६ (मृत्युको कारक सजाय) र १०३ (हत्या) अनुसार दोषी ठहर गरेको हो। जिल्ला अदालतले मुद्दा सुरु भएको ५७ औँ दिनमा फैसला सुनाएको हो ।

न्यायाधीशले रायलाई दोषी ठहर गर्ने क्रममा भने, ‘तिमीले सजाय पाउनै पर्दछ।’ अदालतले २० जनवरीको सजाय सम्बन्धी फैसला गर्नेछ। त्यसबेलासम्म रायलाई न्यायिक हिरासतमा पठाइएको छ।

गत ९ अगस्टमा महिला ट्रेनी डाक्टरको शव आरजीकर अस्पतालको सेमिनारहलमा अर्धनग्न अवस्थामा भेटिएको थियो । त्यसपछि सो घटनाले देशव्यापी विरोधको प्रदर्शन भएको थियो।

कोलकत्ता पुलिसले सीसीटीभी फुटेज तथा घटनास्थलको विवरणको आधारमा सञ्जय रायलाई गिरफ्तार गरेको थियो। कोलकत्ता उच्च अदालतको आदेश अनुसार सीबीआईले यो केशलाई आफूले लिएर अनुसन्धान अघि बढाएको थियो।

सीबीआईले आफ्नो आरोपमा रायलाई मुख्य आरोपी ठहर गर्दै मृत्युदण्डको सजाय माग गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register