नबिल बैंकका हाकिमाथि आफ्नै ब्रोकर मार्फत करोडौंको उधारो कारोबार गर्ने गरेको आरोप, अनुसन्धान गर्दै धितोपत्र बोर्ड !

काठमाडौँ । नबिल बैंक लिमिटेडका डेपुटी जनरल मेनेजर आदर्श बजगाईंले नबिलकै स्वामित्वमा रहेको नबिल स्टक डिलरमार्फत आफ्नी छोरीको नाममा करोडौंको उधारो सेयर कारोबार गरेको खुलासा भएको छ । नबिल स्टक डिलरकै कर्मचारीले बजगाईंको कारोबार विवरणसहितको स्टेटमेन्ट लिक गरिदिएपछि र यस विषयमा स्टक डिलरकै एक कर्मचारीले धितोपत्र बोर्डमासमेत उजुरीपरेपछि यस्तो रहस्य बाहिर आएको हो । सो […]

Jan 19, 2025 - 04:00
 0
नबिल बैंकका हाकिमाथि आफ्नै ब्रोकर मार्फत करोडौंको उधारो कारोबार गर्ने गरेको आरोप, अनुसन्धान गर्दै धितोपत्र बोर्ड !
काठमाडौँ । नबिल बैंक लिमिटेडका डेपुटी जनरल मेनेजर आदर्श बजगाईंले नबिलकै स्वामित्वमा रहेको नबिल स्टक डिलरमार्फत आफ्नी छोरीको नाममा करोडौंको उधारो सेयर कारोबार गरेको खुलासा भएको छ । नबिल स्टक डिलरकै कर्मचारीले बजगाईंको कारोबार विवरणसहितको स्टेटमेन्ट लिक गरिदिएपछि र यस विषयमा स्टक डिलरकै एक कर्मचारीले धितोपत्र बोर्डमासमेत उजुरीपरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
सो उजुरीमा बजगाईंले आफ्नो लाभका लागि आफ्नी छोरीको नामबाट हालसम्म ११ करोड भन्दा बढीको सेयर कारोबार गरेको र उजुरी गरेको मितिसम्म करिव डेढ करोड रुपैयाँ ब्रोकरकहाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख छ । २०२४-०७-२९ देखि हालसम्म ११ करोड रुपैयाँको कारोबार बिना कोल्याट्रल कारोबार गरेको, र हालसम्म करिव डेढ करोड रुपैयाँ बक्यौता रहेकाले यस विषयमा थप अनुसन्धान गरी आदर्श बजगाईंलाई कारवाहीको मागसमेत गरिएको छ ।
अर्थ सरोकारलाई नबिल स्टक डिलर स्रोतले नै उपलब्ध गराएको बजगाईंको छोरीको कारोबार विवरणमा पनि उनको करिव डेढ करोड बक्यौता बाँकी रहेको देखिन्छ । विभिन्न मितिमा उनको छोरीका नाममा कारोबार भए पनि सो कारोबार बैंकमा बसेर बजगाईं स्वयमले गर्ने गरेको र यस विषयमा बैंकले उनलाई संरक्षण गरिरहेको आरोपसमेत उजुरीमा उल्लेख छ ।
नबिल स्टक डिलरका प्रवक्ता मदन तिमिल्सीनाले पनि बजगाईंका नाममा केहि उधारो रहेको तर हाल सो सेटल भईसकेको दाबी गरेका छन् । ‘डिजीएम सरले गर्नुभएको सबै कारोबारको सेटल भईसक्यो । उहाँले सबै सेटल गरिसक्नुभयो ।’ तिमिल्सिनाले अर्थ सरोकारसँग भने, ‘सबै कुरा स्टेटमेन्ट हेरेपछि प्रष्ट हुन्छ ।’
यता आदर्श बजगाईं भने करिव १० दिनसम्म प्रयास गर्दा पनि सम्पर्कमै आउन चाहिरहेका छैनन् । हामीले उनलाई १० दिनको अन्तरालमा पटक पटक सम्पर्क गर्दा पनि उनी हामीसँग सम्पर्कमै आउन चाहिरहेका छैनन् । यस विषयमा धारणा माग्न फोन गर्दा नबिल बैंकका सूचना अधिकारी सुरेश प्रसाद त्रिपाठीको फोन निरन्तर अफ छ  ।
ग्राहकका विवरण लिक !
यसो त नबिल स्टक डिलरले गैरकानुनी रुपमा आफ्ना ग्राहकका विवरण ‘लिक’ गर्नेसमेत पाइएको छ । त्यसमाथि पनि नबिल बैंकमा काम गर्ने कर्मचारीले गरिरहेको कारोबार विवरणहरु भकाभक बाहिरिन थालेको छ । जसका कारण, एकातर्फ लगानीकर्ताको गोपनियतामाथि नबिलले मजाक उडाएको छ भने अर्कोतर्फ सो कम्पनीमा कारोबार गर्न असुरक्षित रहेको तथ्य प्रमाणित भएको छ । यद्यपी धितोपत्र बोर्डमा लामो समय हालीमुहाली गरेका निरज गिरी नै संचालक भएकाले कसैले केहि गर्न नसक्ने भन्दै नबिलले ग्राहकको सूचनामा हदैसम्मको मनपरी गरिरहेको पाइएको छ ।
यता धितोपत्र बोर्डले भने कुनै पनि गैरकानुनी र अनैतिक देखिने कारोबारमा आफ्नो उच्च निगरानी रहने बताउँदै आएको छ । यसअघि पनि बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफु लगानीकर्ताको हितमा रहेकोले लगानीकर्ताको पक्षमा काम गर्ने र बजारमा हुनेगरेका गलत गतिविधि रोक्ने बताउँदै आएका थिए ।
(कम्पनीमा मदन तिमिल्सिनाले गरेको ‘शंकास्पद कारोबार’को नालीबेली अर्को अंकमा…’)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register