एक्सपेङ जी सेभेनले बनायो कीर्तिमान, ४६ मिनेटमै दश हजार अर्डर

काठमाडाैं । चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी XPENG ले हालै सार्वजनिक गरेको नयाँ इलेक्ट्रिक SUV—G7 ले विश्व EV बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । २०२५ जुन ११ मा चीनमा सार्वजनिक भएको यो गाडीले केवल ४६ मिनेटभित्रै १०,००० भन्दा बढी प्रि-अर्डर प्राप्त गर्दै ईभी क्षेत्रमै तहल्का मच्चाएको हो । यसले उपभोक्तामा एक्सपेशङको प्रविधिमा आधारित विश्वास […]

Jun 15, 2025 - 14:26
 0
एक्सपेङ जी सेभेनले बनायो कीर्तिमान, ४६ मिनेटमै दश हजार अर्डर

काठमाडाैं । चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी XPENG ले हालै सार्वजनिक गरेको नयाँ इलेक्ट्रिक SUV—G7 ले विश्व EV बजारमा नयाँ कीर्तिमान कायम गरेको छ ।

२०२५ जुन ११ मा चीनमा सार्वजनिक भएको यो गाडीले केवल ४६ मिनेटभित्रै १०,००० भन्दा बढी प्रि-अर्डर प्राप्त गर्दै ईभी क्षेत्रमै तहल्का मच्चाएको हो ।

यसले उपभोक्तामा एक्सपेशङको प्रविधिमा आधारित विश्वास र आकर्षण स्पष्ट रूपमा देखाएको छ । G7 मा XPENG द्वारा विकास गरिएको अत्याधुनिक ‘Turing AI chip’, Huawei सँगको सहकार्यमा निर्मित ८७ इन्चको एआर हुड डिस्प्ले, उच्चस्तरीय स्वचालित ड्राइभिङ सिस्टम, र फाइभसी अल्ट्रा-फास्ट चार्जिङ सुविधा उपलब्ध छन् ।

यस गाडीमा ७०० किलोमिटरको अधिकतम ड्राइभिङ रेञ्ज रहेको छ । G6 मा OTA अपडेट, XOS अपरेटिङ सिस्टम, ८००V चार्जिङ, SEPA 2.0 आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register