अर्थमन्त्रीलाई सञ्चारकर्मीको प्रश्न- ‘ऋणमाथि ऋण थपेर देशलाई लिलाम गर्ने योजना हो ?’ 

काठमाडौँ । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गन पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलन अर्थ मन्त्रालयमै आयोजना गरियो ।  सुरुमा अर्थमन्त्री पौडेलले बजेटका विषयमा आफ्ना धारणा राखे । उनले बजेटमा समावेश गरिएका योजना र विषयवस्तुलाई संक्षिप्तमा जानकारी गराए । त्यसपछि बजेटका विषयमा राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकको […]

May 30, 2025 - 09:47
 0
अर्थमन्त्रीलाई सञ्चारकर्मीको प्रश्न- ‘ऋणमाथि ऋण थपेर देशलाई लिलाम गर्ने योजना हो ?’ 

काठमाडौँ । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गन पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलन अर्थ मन्त्रालयमै आयोजना गरियो । 

सुरुमा अर्थमन्त्री पौडेलले बजेटका विषयमा आफ्ना धारणा राखे । उनले बजेटमा समावेश गरिएका योजना र विषयवस्तुलाई संक्षिप्तमा जानकारी गराए । त्यसपछि बजेटका विषयमा राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकको धारणा पनि पत्रकार सम्मेलनमा राखियो ।

त्यसपछि सञ्चारकर्मीको प्रश्नका लागि ‘फ्लोर’ खोलियो । सञ्चारकर्मीले पालैपालो आफ्ना प्रश्न राखे । त्यहीबीच एक सञ्चारकर्मीले सार्वजनिक ऋणका विषयमा अर्थमन्त्रीलाई प्रश्न गरिन् । 

हाल मुलुकको सार्वजनिक ऋण २७ खर्ब पुगेको तथ्य प्रस्तुत गर्दै उनले थप ऋण लिने सरकारको तयारीबारे अर्थमन्त्रीको जवाफ मागिन् । ‘…ऋणमाथि ऋण थपेर अब देशलाई नै लिलाम गर्ने योजना हो ?’ 

सञ्चारकर्मीले प्रश्न गर्दैगर्दा अर्थमन्त्री मुसुमुसु हाँसिरहे । उनको प्रश्न सकिएपछि अरु सञ्चारकर्मीले प्रश्न गर्न थाले । सबैको प्रश्न सकिएपछि प्रश्नसँग सम्बन्धित विभागमा प्रतिनिधिले प्रश्नको जवाफ दिँदै गए । सार्वजनिक ऋण बढ्दै गएको विषयमा अर्थमन्त्रीले जवाफ नै दिएनन् । बरु आगामी आर्थिक वर्षको बजेटलाई यथार्थपरक बनाउन खोजिएको दाबी गर्दै अर्थमन्त्री पौडेलले कार्यान्वयनको पक्षलाई बलियो बनाउन जोड दिने र त्यसमा साथ दिन सञ्चारकर्मीसँग अपिल गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register