बाह्रबिसे-तातोपानी सडक अवरुद्ध, कोदारीमा सडक भासिँदा सवारी ठप्प

सिन्धुपाल्चोक।  शनिबार रातिदेखिको निरन्तर वर्षाले बाह्रबिसे–तातोपानी सडक खण्डमा गम्भीर क्षति पु¥याएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोडिने यो २६ किलोमिटर सडक खण्ड आइतबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो। भोटेकोसी गाउँपालिका–२ को कोदारी क्षेत्रमा सडक भासिएपछि यातायात सम्पूर्ण रूपमा ठप्प बनेको छ। यसका कारण चीनबाट सामान लिएर आएका कन्टेनरहरू र नेपालबाट तातोपानीतर्फ गएका सवारी […]

Jun 15, 2025 - 14:07
 0
बाह्रबिसे-तातोपानी सडक अवरुद्ध, कोदारीमा सडक भासिँदा सवारी ठप्प

सिन्धुपाल्चोक। 

शनिबार रातिदेखिको निरन्तर वर्षाले बाह्रबिसे–तातोपानी सडक खण्डमा गम्भीर क्षति पु¥याएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोडिने यो २६ किलोमिटर सडक खण्ड आइतबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो।

भोटेकोसी गाउँपालिका–२ को कोदारी क्षेत्रमा सडक भासिएपछि यातायात सम्पूर्ण रूपमा ठप्प बनेको छ। यसका कारण चीनबाट सामान लिएर आएका कन्टेनरहरू र नेपालबाट तातोपानीतर्फ गएका सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्।

वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार, सडक भासिएपछि यात्रु तथा सवारी चालकहरू गन्तव्यमा पुग्न नसक्ने अवस्थामा छन्। उनले यसअघि पनि कोप्लाङ क्षेत्रमा करिब १५ फिट सडक भासिएको स्मरण गराउँदै, तातोपानी नाका पटक–पटक यस्तै घटनाका कारण सम्पूर्ण रूपमा बन्द हुँदै आएको जानकारी दिए।

स्थानीय प्रशासनका अनुसार, तत्कालका लागि वैकल्पिक मार्गको व्यवस्था गर्न कठिनाइ रहेको छ। यद्यपि, घटनास्थलमा प्रारम्भिक मर्मत कार्य थालिएको छ र विस्तृत मूल्याङ्कनपछि पुनः निर्माण कार्य अघि बढाइने बताइएको छ।

तातोपानी नाका भौगोलिक जटिलता र प्राकृतिक प्रकोपको उच्च जोखिम भएका कारण लगातार समस्यामा पर्दै आएको क्षेत्र हो। बर्सातसँगै पहिरो, सडक भासिने, र नाका अवरुद्ध हुने समस्या बारम्बार दोहोरिँदा यो क्षेत्रको व्यापार र आवागमनमा गम्भीर असर पुगिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register