नयाँपार्टी लोकतन्त्र समाप्तीको बाटोमा देखिएकाले मुलुक बचाउन प्रदेश संरचना खारेज : अध्यक्ष केसी

बुटवल । ठुलो बलिदानीका साथ मुलुकमा लोकतन्त्र आएको र नयाँपार्टीहरु लोकतन्त्र समाप्तीको बाटोमा देखिएकाले मुलुक बचाउनका लागि प्रदेश संरचना खारेज गर्नु पर्नेमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले जोड दिनुभयो । मंगलवार राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गदै पार्टीले आगामी चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने संघियता विरोधी आन्दोलनका बारेमा जानकारी गराउने कार्यक्रममा […]

Jan 21, 2025 - 12:29
 0
नयाँपार्टी लोकतन्त्र समाप्तीको बाटोमा देखिएकाले मुलुक बचाउन प्रदेश संरचना खारेज : अध्यक्ष केसी

बुटवल ।


ठुलो बलिदानीका साथ मुलुकमा लोकतन्त्र आएको र नयाँपार्टीहरु लोकतन्त्र समाप्तीको बाटोमा देखिएकाले मुलुक बचाउनका लागि प्रदेश संरचना खारेज गर्नु पर्नेमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले जोड दिनुभयो ।

मंगलवार राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गदै पार्टीले आगामी चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने संघियता विरोधी आन्दोलनका बारेमा जानकारी गराउने कार्यक्रममा अध्यक्ष केसीले मुलुकलाई बचाउने हो भने सबै मिलेर प्रदेस संरचना खारेजीमा जुट्न आह्वान गर्नुभयो ।

उहाँले ९ सय वर्ष पहिला विश्वमा शुरु भएको संघियता अहिले केवल २९ वटा मुलुकमा मात्र रहेको छ भन्दै आर्थिक रुपले थेग्न नसक्ने संघियता नेपाललाई नचाहिएको जिकिर गर्नुभयो । पछिल्लो समयमा मुल प्रवाहका राजनैतिक दलहरु प्रति जनताको आक्रोस देखिनुमा राजनैतिक गर्नेहरुले जनता र देशको पक्षमा भन्दा पनि आफू र आफ्ना नजिकका लागि मात्र बनाउने काम गरेकाले आक्रोश बढदै गएको दावी गर्नुभयो ।

सत्ता र शक्तिमा बस्नेहरुले नै सहकारीको रकम अपचलन गरेको दावी गदै अध्यक्ष केसीले रास्वपाका सभापति रवि लामिछाने पटक पटक गृहमन्त्री हुन खोज्नुले सोको पुष्टि भएको र अदालतले मागेको धरौटीले पनि प्रष्ट देखिएको जिकिर गर्नुभयो । प्रदेश संरचना पाल्न हुने खर्चले मुलुकका जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न सकिने र दैनिक विदेशीने युवा-युवतीलाई देशमा राक्न सहज हुने धारणा समेत अध्यक्ष कसीको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टान बहादुर केसीले संघियताले देशको गणतन्त्रका साथै राष्ट्रियता सार्वभौमिक अखण्डता समेत कमजोर बनाईरहेको हुनाले संघियताको मुख्य पक्ष प्रदेश खारेजीमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका जिल्ला सदस्य गंगालाल सापकोटा कार्यक्रम संचालन गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register