सुप्रिम सहकारी ठगी : रवि लामिछानेको बयान सकियो
काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हादकुमार योगीको इजलासमा बुधबार बयान सकिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा […]

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हादकुमार योगीको इजलासमा बुधबार बयान सकिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।
लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए ।
What's Your Reaction?






