अध्यादेश पास गराउन सांसद खरिदबिक्रीबारे सदनमा उठ्यो प्रश्न
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अध्यादेश पारित गराउन सांसद खरिदबिक्री भएको अभिव्यक्ति सत्तापक्षबाटै आएको भन्दै सदनमा प्रश्न उठाएका छन् । भूमि अध्यादेश पारित गराउन सरकारले सांसद खरिदबिक्री गर्न खोजेको भन्दै केही दिनअघि जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक अभिव्यक्ति दिएका थिए । यादवको सोही भनाइलाई इङ्कित गर्दै साहले सांसद खरिदबिक्रीको भएको हो […]

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अध्यादेश पारित गराउन सांसद खरिदबिक्री भएको अभिव्यक्ति सत्तापक्षबाटै आएको भन्दै सदनमा प्रश्न उठाएका छन् ।
भूमि अध्यादेश पारित गराउन सरकारले सांसद खरिदबिक्री गर्न खोजेको भन्दै केही दिनअघि जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक अभिव्यक्ति दिएका थिए । यादवको सोही भनाइलाई इङ्कित गर्दै साहले सांसद खरिदबिक्रीको भएको हो कि हैन भन्ने विषयमा सरकारको जवाफ माग गरेका हुन् ।
“सरकारले सांसद् किनबेच गर्न लागिरहेको छ भन्ने कुरा सुनेका छौँ । सत्तापक्षकै एक नेताले अध्यादेश पारित गराउन सांसद किनबेच गर्ने कुरा गरेको छ । संसद्कै अपमान हुने गरी यो सांसद किनबेचको कुरा सम्प्रेषण भइरहँदा सरकारले जवाफ दिनुपर्छ,” साहले भने ।
साहले यादवको भनाइलाई कारबाहीको दायरामा ल्याउनसमेत माग गरेका छन् । “एउटा जिम्मेवार सांसदले यसरी भन्न मिल्छ कि मिल्दैन । यस्तोभन्दा कुनै कानुन आकर्षित हुन्छ कि हुँदैन ?,” साहले सरकारको जवाफ माग गरे ।
What's Your Reaction?






