सुपर फोर : आर्मीले सुदूरपश्चिमलाई दियो १११ रनको लक्ष्य

काठमाडौं । महिला प्रधानमन्त्री कपको सुपर फोरको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १११ रनको लक्ष्य दिएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा आर्मीले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा ११० रन बनाएको हो । आर्मीका लागि सम्झाना खड्काले अर्धशतकीय पारी खेलिन् । उनले ५७ बलमा ८ चौका प्रहार गर्दै ७४ […]

Jan 23, 2025 - 09:22
 0
सुपर फोर : आर्मीले सुदूरपश्चिमलाई दियो १११ रनको लक्ष्य

काठमाडौं । महिला प्रधानमन्त्री कपको सुपर फोरको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १११ रनको लक्ष्य दिएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा आर्मीले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा ११० रन बनाएको हो ।

आर्मीका लागि सम्झाना खड्काले अर्धशतकीय पारी खेलिन् । उनले ५७ बलमा ८ चौका प्रहार गर्दै ७४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि जानकी थापाले २ तथा रेवती धामीले १–१ विकेट लिइन् ।

समूह ‘ए’बाट एपीएफ र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’बाट आर्मी र बागमती प्रदेशले सुपर फोरमा स्थान पक्का गरेका हुन् ।

सुपर फोरको शीर्ष २ मा रहने टोलीले फाइनलमा स्थान पक्का गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register