वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

हनोई । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले शनिबार जनाएको छ । एजेन्सिका अनुसार बाढीमा क्वाङ त्रि प्रान्तको ट्रिउ फोङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने हाइ लाङ जिल्लामा एक जनाको डुबेर मृत्यु भएको छ। छिमेकी क्वाङ बिन्ह प्रान्तमा, उद्धार टोलीले मौसमको अवस्था अनुसार अपरेसन […]

Jun 14, 2025 - 13:32
 0
वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

हनोई । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले शनिबार जनाएको छ ।

एजेन्सिका अनुसार बाढीमा क्वाङ त्रि प्रान्तको ट्रिउ फोङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने हाइ लाङ जिल्लामा एक जनाको डुबेर मृत्यु भएको छ।

छिमेकी क्वाङ बिन्ह प्रान्तमा, उद्धार टोलीले मौसमको अवस्था अनुसार अपरेसन विस्तार जारी राखेको र अझै चार जना बेपत्ता रहेको जनाएका छन् ।

एजेन्सिका अनुसार बाढीले २१ हजार हेक्टरभन्दा बढी धानको खेत, हजारौं हेक्टर तरकारी खेती डुबानमा परेको जनाइएको छ ।

बाढीले घरहरू पनि डुबानमा पारेको ट्राफिक अवरुद्ध भएता पनि नदीको सतह बिस्तारै घट्दै गएको जनाइएको छ । सिन्ह्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register