योजना आयोगले आगामी आवको बजेटका लागि तोक्यो १९ खर्बको सिलिङ

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्बको सीमामा आउने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हो । सोहीअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ । चालू आर्थिक वर्षमा १८ खर्ब ६० […]

Feb 18, 2025 - 11:15
 0
योजना आयोगले आगामी आवको बजेटका लागि तोक्यो १९ खर्बको सिलिङ

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्बको सीमामा आउने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हो ।

सोहीअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ ।

चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाइएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यकालीन खर्च संरचनाको खाका तयार पारेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register