त्रियुगा नगरका विद्यालय छेउमै सुर्ती–चुरोटको व्यापार, प्रशासन मौन

उदयपुर । उदयपुरका विभिन्न विद्यालय वरपर मादक पदार्थ, सुर्ती, चुरोट बिडी खैनी गुट्खा भोला लगायतका सामानहरु बिक्री वितरण गर्दा विद्यार्थीहरुमा असर परेको छ । मादक पदार्थ तथा सुर्ती, चुरोट पान पराग, गुट्खा बिडी लगायतका सामान विद्यालय वरपर बिक्री वितरण गर्न नपाइने भएपनि यस विषयमा स्थानीय प्रशासन, नगरपालिका, वडा कार्यालय लगायतकाले बिक्री वितरणमा रोक लगाउन चासो […]

Jun 14, 2025 - 13:13
 0
त्रियुगा नगरका विद्यालय छेउमै सुर्ती–चुरोटको व्यापार, प्रशासन मौन

उदयपुर ।

उदयपुरका विभिन्न विद्यालय वरपर मादक पदार्थ, सुर्ती, चुरोट बिडी खैनी गुट्खा भोला लगायतका सामानहरु बिक्री वितरण गर्दा विद्यार्थीहरुमा असर परेको छ ।

मादक पदार्थ तथा सुर्ती, चुरोट पान पराग, गुट्खा बिडी लगायतका सामान विद्यालय वरपर बिक्री वितरण गर्न नपाइने भएपनि यस विषयमा स्थानीय प्रशासन, नगरपालिका, वडा कार्यालय लगायतकाले बिक्री वितरणमा रोक लगाउन चासो दिएको देखिँदैन ।

उदयपुरको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बटारी नगरपालिका लगायतका पालिकाको बजार क्षेत्रमा वा पहाडी क्षेत्रका कतिपय ठाउँमा रहेका पसलहरुमा मादक पदार्थ, सुर्ती, चुरोट गुट्खा पान पराग बिडी आदि सामान बिक्री गर्न राखिएको र यसले विद्यार्थीहरुमा असर परेको त्रियुगा नगरपालिका १० का कानुन व्यवसायी दुर्गाकृष्ण पोखरेलले बताए ।

उनले कानुनले विद्यालय वरपर यस्ता सामान विक्री वितरण गर्न नदिने तर यस विषयमा व्यवसाय गर्न पाउने अधिकारको उपयोगकालागि स्थानीय प्रशासन, सम्बन्धित वडा कार्यालय, नगरपालिकाले चासो राखेर व्यवस्थापन गर्नु पर्ने बताए ।

शिक्षा विकास तथा समन्वय इकाई उदयपुरका जिल्ला शिक्षा समन्वय अधिकारी भवानी प्रसाद कट्टेलले विद्यालय वरपर मादक पदार्थ बिक्री वितरण गर्दा विद्यार्थीहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपले असर पर्ने भएकोले विद्यालय नजिक यस्ता सामाग्री बिक्री वितरण गर्न स्थानीयले रोक लगाउनु पर्ने बताए ।

त्रियुगा नगरपालिका वडा नं १० बोक्सेको बालमन्दिर माध्यमिक विद्यालयमा ४ वर्ष पढाएर छाडेका पूर्व शिक्षक सुदिप कोइरालाले विद्यालय वरपर सुर्ती, चुरोट, मादक पदार्थ, गुट्खा, पान पराग लगायतका सामान बिक्री गर्दा विद्यार्थिहरुले नै किनेर खाने गरेको आफूले देखेको बताए ।

कोइरालाले टिफिन समयमा वा स्कुल लागि रहेको समयमा कक्षा कोठाबाट बाहिर निस्केर पसलमा गै चुरोट, सुर्ती, पान पराग, गुट्खा लगायतका खान नहुने कुराहरु खाने गरेको र यस विषयमा आफूले विद्यालय वरपर यस्ता सामान बिक्री वितरण गर्न नदिन विद्यालय र अभिभावकहरुसँग छलफल गरेर प्रयास गर्दा पनि नसकेको बताए ।
व्यवसाय गर्न पाउने अधिकारका नाममा विद्यालय वरपर बिक्री गर्न हुँदैन । बिक्री गर्न नहुने सामान वा खाद्य पदार्थ बिक्री वितरण गर्नु दण्डनीय कुरा हो । स्थानीय अभिभावकहरुले यस बारेमा चासो राखेर र विद्यार्थीहरुको भविष्य सोचेर काम गर्नु पर्ने उनले बताए ।

विद्यार्थीहरुलाई नैतिक शिक्षा दिनु पर्छ र कुलतबाट बचाउन अभिभावक, शिक्षक, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी सबैको समान दायित्व भएकोले आफ्ना छोराछोरी जस्तै अरुका पनि छोराछोरी भएकोले उनीहरुको जीवनमाथि कसैले पनि खेलबाड गर्न नहुने कोइरालाको धारणा छ ।

त्रियुगा नगरपालिका वडा नं १०का वडाध्यक्ष किरण पाण्डेले विद्यालय वरपर मादक पदार्थ, सुर्ती चुरोट, गुटखा पान पराग लगायतका सामान बिक्री गर्न हुँदैत तर बिक्री वितरण भइरहेकोले सबै मिलेर यो विकृतिलाई हटाउनु आवश्यक रहेको बताए ।

अध्यक्ष पाण्डेका अनुसार यस्तो विकृतिलाई हटाउन स्थानीय निकायले मात्र सक्दैन वडाबासी सबैको स्थानीय प्रशासन, प्रहरी, विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायतका सबै पक्षको सक्रियता आवश्यक रहेको बताए ।

त्रियुगा नपा ३ मोतिगडास्थित रामजानकी माविका प्रधानाध्यापक पुण्य बहादुर कार्कीका अनुसार विद्यालय वरपर मादक पदार्थ, सुर्ती, चुरोट, बिडी, खैनी लगायतका सामान बिक्री गर्न नहुने र यसलाई सरकारले कानुन अनुसार नियमन गर्नु पर्ने बताए ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले पनि विद्यालय क्षेत्र वरपर मादक पदार्थ, चुरोट, खैनी लगायतका सुर्तीजन्य सामान बिक्री वितरण गर्न नहुने विषयमा सुर्ती जन्य पदार्थ बिक्री वितरण ऐन २०६८ ले विद्यालय वरपर मादक पदार्थ तथा धुम्रपान जन्य पदार्थहरु विक्री वितरण गर्न प्रतिबन्ध लगाएको र सहायक प्रजिअको संयोजकत्वमा अनुगमन गर्न अधिकार दिएको बताए ।

अनुगमन संयोजक समेत रहेका उदयपुरका सहायक प्रजिअ विक्रम पाण्डेले विद्यालयको २ सयमिटर वरपर कानुनले मादक पदार्थ बिक्री वितरण गर्न नपाइने अहिले उदयपुरका बजारमा नियमित अनसगमन भएको र स्थानीयले गुनासो गरेमा कानुन अनुसार अनुगमन गरेर गल्ती पाइएमा जरिवाना दण्ड सजाय हुने बताए।
  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register