‘ढुक्क हुनुस्, निक्षेपकर्ताको पैसा डुब्न राष्ट्र बैंकले दिँदैन’- गभर्नर 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्तालाई राष्ट्र बैंकले डुब्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  उनले ‘बैंकहरु डुब्न लागे, निक्षेपकर्ताको पैसा डुब्यो’ भन्दै फैलाइएका हल्ला निराधार रहेको दाबी गर्दै कुनै पनि बैंक तथा वित्तीय संस्थामा […]

Jan 23, 2025 - 10:31
 0
‘ढुक्क हुनुस्, निक्षेपकर्ताको पैसा डुब्न राष्ट्र बैंकले दिँदैन’- गभर्नर 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्तालाई राष्ट्र बैंकले डुब्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

उनले ‘बैंकहरु डुब्न लागे, निक्षेपकर्ताको पैसा डुब्यो’ भन्दै फैलाइएका हल्ला निराधार रहेको दाबी गर्दै कुनै पनि बैंक तथा वित्तीय संस्थामा निक्षेपकर्ताको निक्षेप जोखिममा नभएको दाबी गरेका छन् ।

राष्ट्र बैंकको नियमनमा रहेका बैंक तथा वित्तीय संस्था समस्यामा परे त्यसको विवरण राष्ट्र बैंकसँग हुने र अफ्ठेरोमा के गर्ने ? भन्ने स्पष्ट नीति राष्ट्र बैंकसँग भएको गभर्नर अधिकारीको भनाई छ । उनले राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेका निक्षेपकर्तालाई समस्या पर्न नदिने पनि प्रतिबद्धता गरेका छन् । 

बैंक तथा वित्तीय संस्थामा बेलाबेलामा आउने उतारचढाव सामान्य भएको भन्दै त्यसलाई स्वभाविक रुपमा लिन पनि आग्रह गरेका छन् । 

त्यस्तै, गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको नियमन र निगरानीमै रहने स्पष्ट पार्दै कहिँकतै समस्या आए छानबिन गरेर कारवाही गर्नुपर्ने स्थितिमा कारवाही गर्ने र सुधार गर्न सकिने ठाउँमा सुधार गर्न प्रयास गर्ने पनि बताएका छन् । तर, बजारमा बैंक तथा वित्तीय संस्थाबारे चल्ने हल्लाबाट कोही पनि आत्तिनुनपर्ने गभर्नर अधिकारीले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register