बिर्तामोडमा बन्यो अढाई करोडको लागतमा गायत्री मन्दिर

बिर्तामोड, १० माघ । झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ । बिर्तामोड–५ स्थित अग्रसेन भवन परिसरमा स्थानीय दानवीर परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त अढाई करोडको लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्नसंगै बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको [...] The post बिर्तामोडमा बन्यो अढाई करोडको लागतमा गायत्री मन्दिर appeared first on Jhapa Online.

Jan 23, 2025 - 16:59
 0
बिर्तामोडमा बन्यो अढाई करोडको लागतमा गायत्री मन्दिर

बिर्तामोड, १० माघ । झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ ।

बिर्तामोड–५ स्थित अग्रसेन भवन परिसरमा स्थानीय दानवीर परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त अढाई करोडको लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।

मन्दिर निर्माण सम्पन्नसंगै बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको छ । मन्दिर उद्घाटनसंगै गायत्री माताको आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए ।

माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलले आज (बिहीवार) मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् ।

माताको प्राण प्रतिष्ठा गर्नु अघि मन्दिर परिसरबाट निकालिएको शोभा यात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएसंगै माघ १७ गते प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको संयोजक वंशलले बताए ।

माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने उनले जानकारी दिए । भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मासाहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए ।

ज्ञान र शक्तिको रुपमा लिइने वेद माताको स्मरण मात्रैले पनि सांसारिक जीवनका सबै प्रकारका कष्टहरुबाट मुक्ति मिल्ने र जीवनका हर मनोरथ पुरा हुने धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार आम विश्वास गरिन्छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, मन्दिर निर्माण समितिका सदस्य विवेक अग्रवाल, मुके अग्रवाललगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

The post बिर्तामोडमा बन्यो अढाई करोडको लागतमा गायत्री मन्दिर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register