बिहेमा झडप, युवाको मृत्यु

झापा, १० फागुन । बाजुरामा बिहेमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापा उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक जनक बोहराका अनुसार अछामको बयलपाटा अस्पतालमा उनको शुक्रबार मृत्यु भएको छ। कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीर्घ विष्ट, [...] The post बिहेमा झडप, युवाको मृत्यु appeared first on Jhapa Online.

Feb 22, 2025 - 01:00
 0
बिहेमा झडप, युवाको मृत्यु

झापा, १० फागुन । बाजुरामा बिहेमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापा उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक जनक बोहराका अनुसार अछामको बयलपाटा अस्पतालमा उनको शुक्रबार मृत्यु भएको छ। कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीर्घ विष्ट, लोकेन्द्र खड्का र खेमराज विष्ट रहेका छन्। अन्य दुई जनालाई पनि घटनाको बारेमा सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

The post बिहेमा झडप, युवाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register