प्रेस सेन्टर नेपालको प्रदेश अधिवेशन : पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड

विराटनगर, ११ माघ । प्रेस सेन्टर नेपालको तेस्रो प्रदेश अधिवेशन अन्तरगत आज उद्घाटन सत्र सम्पन्न भएको छ ।  मोरङको विराटनगरमा प्रदेश अध्यक्ष विनोद घिमिरेको अध्यक्षता तथा सेन्टरका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरीको प्रमुख आतिथ्यमा प्रदेश अधिवेशन सम्पन्न भएको हो ।  प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष गिरी पत्रकारले समाचार मात्र नभएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने बताउनुभयो । [...] The post प्रेस सेन्टर नेपालको प्रदेश अधिवेशन : पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड appeared first on Jhapa Online.

Jan 24, 2025 - 07:17
 0
प्रेस सेन्टर नेपालको प्रदेश अधिवेशन : पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड

विराटनगर, ११ माघ । प्रेस सेन्टर नेपालको तेस्रो प्रदेश अधिवेशन अन्तरगत आज उद्घाटन सत्र सम्पन्न भएको छ । 

मोरङको विराटनगरमा प्रदेश अध्यक्ष विनोद घिमिरेको अध्यक्षता तथा सेन्टरका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरीको प्रमुख आतिथ्यमा प्रदेश अधिवेशन सम्पन्न भएको हो । 

प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष गिरी पत्रकारले समाचार मात्र नभएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रेस सेन्टर कान्छो संगठन भए पनि दर्बिलो र ओझ पूर्ण संगठन भएको बताउनुभयो । 

कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री एवम नेकपा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती प्रेस सेन्टर समाजवादी यात्रामा अघि बढेको संगठन भएको बताउनुभयो । समाजवादी उद्देश्यलाई केन्द्रमा व्यावसायिक पत्रकारिता गर्न उहाँले आग्रह गर्नुभयो ।

डिजिटल युगमा पत्रकारिता चुनैती थपिएको बताउँदै नेकपा माओवादी केन्द्र प्रदेश फ्याक्सन इञ्चार्ज विजय साम्पाङ्गले प्रदेश अधिवेशन त्यो चुनौति चिर्नुपर्नेमा जोड दिनुभयो । 

पत्रकार महासंघ केशी प्रदेश महासचिव हेमा चेम्जोङले सबै पत्रकार र सञ्चार गृहलाई सबल बनाउन महासंघले पहल थालिसकेको बताउनुभयो । 

कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय उपाध्यक्ष गंगा बराल, लक्ष्मण खड्का, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नवराज कट्टेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने सञ्चालन महासचिव सुजन तिम्सिनाले गर्नुभएको थियो ।

अब अधिवेशनको बन्द सत्रले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । 

The post प्रेस सेन्टर नेपालको प्रदेश अधिवेशन : पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register