कृष्णध्वज स्मृति टेबलटेनिस हुने

काठमाडौं । नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म हुने भएको छ । रेड टायल्स प्रालिको आयोजनामा हुने यस प्रतियोगिताको खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइनेछ । रेड टायल्सका प्रमुख सुरज केसीकाअनुसार स्कुलतर्फ आठ, कलेजतर्फ दुई तथा भेट्रानमा एक गरी कुल ११ स्पर्धालाई प्रतियोगितामा समावेश गरिएको छ । प्रतियोगितामा करिब ३५० […]

Jan 24, 2025 - 11:09
 0
कृष्णध्वज स्मृति टेबलटेनिस हुने

काठमाडौं ।

नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म हुने भएको छ ।

रेड टायल्स प्रालिको आयोजनामा हुने यस प्रतियोगिताको खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइनेछ । रेड टायल्सका प्रमुख सुरज केसीकाअनुसार स्कुलतर्फ आठ, कलेजतर्फ दुई तथा भेट्रानमा एक गरी कुल ११ स्पर्धालाई प्रतियोगितामा समावेश गरिएको छ । प्रतियोगितामा करिब ३५० खेलाडी सहभागी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

यसपटक भेट्रानलाई पनि पहिलोपल्ट प्रतियोगितामा समावेश गरिएको छ । जसमा ४० वर्षमाथिको स्पर्धा राखिएको छ। भेट्रनका विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रो हुनेले तीन हजार रुपैयाँ पाउनेछन् । कलेजतर्फ मेन्स सिंगल्स र लेडिज सिंगल्समा प्रतिस्पर्धा हुनेछ । स्कुलतर्फ ब्वाइज र गर्ल्स दुवैमा यु–१०, यु–१२, यु–१४ र यु–१६ स्पर्धा समावेश गरिएको छ । स्कुलतर्फ दार्जिलिङ र बुटवलका खेलाडी पनि सहभागी हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register