मन्त्रिपरिषद् बैठक नबस्ने, आज पनि राष्ट्र बैंकले गभर्नर नपाउने

काठमाडौं । सोमबार नियमित बस्ने मन्त्रिपरिषद्को बैठक आज भने नबस्ने भएको छ । आजको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नरबारे निर्णय गर्न सक्ने सम्भावना रहेको चर्चा थियो । तर मन्त्रिपरिषद्को बैठक नै नबस्ने भएको हो । बैठक किन नबसेको हो भन्नेबारे केही खुलाइएको छैन । मन्त्रिपरिषद् बैठक बस्नेबारे कुनै सूचना नआएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले […]

May 19, 2025 - 13:33
 0
मन्त्रिपरिषद् बैठक नबस्ने, आज पनि राष्ट्र बैंकले गभर्नर नपाउने

काठमाडौं । सोमबार नियमित बस्ने मन्त्रिपरिषद्को बैठक आज भने नबस्ने भएको छ । आजको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नरबारे निर्णय गर्न सक्ने सम्भावना रहेको चर्चा थियो । तर मन्त्रिपरिषद्को बैठक नै नबस्ने भएको हो ।

बैठक किन नबसेको हो भन्नेबारे केही खुलाइएको छैन । मन्त्रिपरिषद् बैठक बस्नेबारे कुनै सूचना नआएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए । उनले सोमबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने भए पनि आजको बैठकबारे कुनै सूचना नआएको बताए ।

मन्त्रिपरिषद्को बैठक नबस्ने भएपछि आज पनि राष्ट्र बैंकले गभर्नर नपाउने निश्चित भएको छ । पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको पनि एक हप्ता पूरा भएको छ । तर, योबीचमा मन्त्रिपरिषद् बैठक एकपटक बसे पनि नयाँ गभर्नर भने सरकारले नियुक्त गर्न सकेको छैन । यसअघि ३१ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्य पदमा पोषराज पाण्डेलाई मनोनीत गर्ने निर्णय गरेको थियो । गभर्नरमा आफ्नो नाममा सहमति जुटेपछि विश्व पौडेलले सिफारिस समितिको सदस्यबाट २८ वैशाखमा राजीनामा दिएका थिए ।

यसरी व्यक्तिको नाममा सहमति भइसक्दा पनि सरकारले भने गभर्नर नियुक्तिमा ढिलाइ गरिरहेको छ । प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिमा ढिलाइ गरेको विषय कांग्रेस संसदीय दलको बैठकमा पनि उठेको थियो । गत शनिबार बसेको संसदीय दलको बैठकमा व्यक्तिको नाममा सहमति जुटे पनि नियुक्त नगर्नुले प्रधानमन्त्रीको नियतमा शंका रहेको कांग्रेस सांसदहरूले बताएका थिए ।

यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नभएकाले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीले कांग्रेस सभापति देउवालाई थामथुम पारेका थिए । त्यसपछि देउवाले पौडेको नाम सुझाएका थिए । र प्रधानमन्त्री पनि उनको नाममा सहमत भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register