यी हुन् बीमा प्राधिकरणको अध्यक्षका लागि आकांक्षी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी देखिएका छन् । गत २६ गते आह्वान गरिएको आवेदन अनुसार अन्तिम दिन शुक्रबारसम्म १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ । प्राधिकरणको अध्यक्षका लागि कमल प्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईँ, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, […]

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी देखिएका छन् ।
गत २६ गते आह्वान गरिएको आवेदन अनुसार अन्तिम दिन शुक्रबारसम्म १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्राधिकरणको अध्यक्षका लागि कमल प्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईँ, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठले आवेदन दिएको मन्त्रालयले जनाएको छ ।
प्राधिकरणले १५ दिनको समय सिमा दिएर आवेदन आह्वान गरेको थियो ।
What's Your Reaction?






