राप्रपा नेपालका अध्यक्ष थापासहित आठ जना पक्राउ

झापा, १८ जेठ । काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उहाँले बताउनुभयो । यसरी पक्राउ पर्नेमा थापासहित [...] The post राप्रपा नेपालका अध्यक्ष थापासहित आठ जना पक्राउ appeared first on Jhapa Online.

Jun 1, 2025 - 15:20
 0
राप्रपा नेपालका अध्यक्ष थापासहित आठ जना पक्राउ

झापा, १८ जेठ । काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उहाँले बताउनुभयो ।

यसरी पक्राउ पर्नेमा थापासहित प्रतिनिधिसभा सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालगायत रहेका छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।

The post राप्रपा नेपालका अध्यक्ष थापासहित आठ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register