लन्डनमा तेश्रो चलचित्र महोत्सव, सन्तोष पन्तलाई लाइफ टाइभ अचिभमेन्ट अवार्ड

लन्डन । थर्ड आइले बेलायतमा आयोजना गरेको तेश्रो नेपाली चलचित्र महोत्सव शनिबार समापन भएको छ । लन्डन ग्रीनफोर्ड टाउन हलमा आयोजित समारोहमा उत्कृष्ट चलचित्र, नेपालबाट आएका विशिष्ठ कलाकार र यूकेस्थित नेपाली कलाकारहरुलाई अवार्ड प्रदान गरियो । नेपाली फिल्म फेस्टिभल यूके २०२५ का लागि विश्वभरबाट आवेदन परेका ३९८ मध्ये चार नेपाली चलचित्र पुजार सार्की, ज्वाइँसाब, सतीदेवी […]

Jun 1, 2025 - 17:03
 0
लन्डनमा तेश्रो चलचित्र महोत्सव, सन्तोष पन्तलाई लाइफ टाइभ अचिभमेन्ट अवार्ड

लन्डन । थर्ड आइले बेलायतमा आयोजना गरेको तेश्रो नेपाली चलचित्र महोत्सव शनिबार समापन भएको छ ।

लन्डन ग्रीनफोर्ड टाउन हलमा आयोजित समारोहमा उत्कृष्ट चलचित्र, नेपालबाट आएका विशिष्ठ कलाकार र यूकेस्थित नेपाली कलाकारहरुलाई अवार्ड प्रदान गरियो ।

नेपाली फिल्म फेस्टिभल यूके २०२५ का लागि विश्वभरबाट आवेदन परेका ३९८ मध्ये चार नेपाली चलचित्र पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नीलाई उत्कृष्ट चलचित्र अवार्ड प्रदान गरिएको हो ।

एनआरएनए पूर्व अध्यक्ष कुल आचार्य, युवा उद्यमी यादव भण्डारी, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, पत्रकार नवीन पोखरेल लगायतले प्रमाणपत्रसहित अवार्ड प्रदान गरे ।

उल्लेखित चलचित्र मे १८ देखि समापन अघिसम्म विभिन्न शहरमा प्रदर्शन गरिएको थर्ड आइले जनाएको छ ।

त्यसैगरि, कलाकारिता क्षेत्रमा तीन दशक बढी समयदेखि क्रियाशील वरिष्ठ कलाकार सन्तोष पन्तलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल ओबीइ र चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले पन्तलाई सो अवार्ड प्रदान गरे ।

नेपालबाट आएका अन्य कलाकारहरु विपना थापा, धिरेन शाक्य, निति शाह, आश्मा विश्वकर्मा, सुवानी मोक्तान, प्रताप दास, एलिस कार्की एवं यूकेमा रहेका कलाकारहरु रितेश चाम्स, निकेश लिम्बु, प्रेम लामा र प्रतीक दूतराज (बेल्जियम) लाई नेपाली कलाकारितामा उनीहरुको योगदानका लागि पनि विशेष अवार्ड प्रदान गरिएको छ ।

डा. धिताल, बोर्ड अध्यक्ष डिसी, राप्रपाको प्रवास संगठन प्रवासी नेपाली एकता समाज बेलायत अध्यक्ष सोनाम शेर्पा, आयोजक थर्ड आइका तर्फबाट अध्यक्ष विकास देवकोटा, सदस्यहरु सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु र प्रशान्त खड्काले कलाकारहरुलाई खादा, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथी डा. राघवप्रसाद धिताल ओबीइले बेलायतमा नेपाली चलचित्र प्रवर्धन, प्रचार प्रसार र बजार विस्तारका लागि थर्ड आइले गरेको महोत्सव सराहनीय कदम भएको बताए । डा. धितालले आयोजक र सम्मानित कलाकारहरुलाई बधाइ पनि दिए ।

विशेष अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफू तेश्रो महोत्सवसम्म नै सहभागी हुन पाएको स्मरण गर्दै यस खालका इभेन्टले विदेशमा नेपाली चलचित्र प्रवर्धन र कलाकारहरुलाई हौसला मिल्ने उल्लेख गरे ।

अध्यक्ष डिसीले विकास बोर्डमा आफ्नो नेतृत्वको ७ महिनाभित्र धेरै परिवर्तन भएको बताए । बोर्डले बनेपामा हालसम्मकै ठूलो इन्डोर फिल्म छायांकन स्टुडियो निर्माण प्रक्रिया शुरु, बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली सञ्चालन, विसं २०२६ सालमा बनेको चलचित्र ऐन समयसापेक्ष बनाउन चलचित्रसम्बन्धी ऐन कानुन संशोधन आदि काम गरेको डिसीले बताए ।

आयोजक कमिटीका ओजेश सिंहले स्वागत मन्तव्य दिंदै विदेशमा नेपाली कला संस्कृति प्रवर्धन, नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, बजार विस्तार र कलाकारहरुलाई प्रोत्साहित गर्न महोत्सव गरिएको बताए । तेश्रो संस्करणसम्म आइपुग्दा महोत्सव झन् व्यापक बनेकामा सहयोगी सबैप्रति आभार समेत व्यक्त गरे ।

थर्ड आइका अध्यक्ष विकास देवकोटाले नेपाली कला 
संस्कृति र सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रयासमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले आउंदा वर्षहरुमा कार्यक्रम थप परिष्कृत गरिंदै लाने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

लन्डनकी नायिका एवं मोडल प्रसुना कंडेल र नेपालबाट आएका गायक तथा उद्घोषक राजेश बर्देवाले सञ्चालन गरेको महोत्सव समापन समारोहमा गायक गायिका प्रताप दास र सुवानी मोक्तानको गायन अनि आश्मा विश्वकर्माको आकर्षक नृत्यले माहोल तताएको थियो ।

सो अवसरमा यूकेमा रहेका सरस्वती कुंवर र लक्ष्मण महराले पनि गायन प्रस्तुत गरे ।

फिल्म महोत्सव आयोजक कमिटीमा विकास देवकोटा, सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु र प्रशान्त खड्का थिए ।

तस्विर सौजन्यः तस्विर फोर यू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register