नेपाली भिलेज यूकेको तेस्रो साधारण सभा ब्रेकनमा

लन्डन । नेपाली भिलेज यूकेको तेस्रो साधारण सभा गत शनिबार ब्रेकनस्थित गील्डहलमा सम्पन्न भएको छ । उपलब्ध शेयरहोल्डरहरुको प्रत्यक्ष सहभागिता र जुममार्फत समेत गरि हाइब्रीड कार्यक्रम गरिएको हो । कार्यक्रम सञ्चालन निर्देशक मधु गुरुङले गरेकी थिइन् भने सचिव टिकाराम (जीवन) गुरुङले संस्थाका वार्षिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरे । त्यसैगरी, फाइनान्स डाइरेक्टर लोकेन श्रेष्ठले आर्थिक विवरण […]

Jun 1, 2025 - 21:21
 0
नेपाली भिलेज यूकेको तेस्रो साधारण सभा ब्रेकनमा

लन्डन । नेपाली भिलेज यूकेको तेस्रो साधारण सभा गत शनिबार ब्रेकनस्थित गील्डहलमा सम्पन्न भएको छ । उपलब्ध शेयरहोल्डरहरुको प्रत्यक्ष सहभागिता र जुममार्फत समेत गरि हाइब्रीड कार्यक्रम गरिएको हो ।

कार्यक्रम सञ्चालन निर्देशक मधु गुरुङले गरेकी थिइन् भने सचिव टिकाराम (जीवन) गुरुङले संस्थाका वार्षिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरे । त्यसैगरी, फाइनान्स डाइरेक्टर लोकेन श्रेष्ठले आर्थिक विवरण सार्वजनिक गरेका थिए ।

नेपाली भिलेज यूकेका प्रमुख मेजर खुशीमान गुरुङ (एमभीओ) ले परियोजनासम्बन्धी उपलब्धिहरू प्रस्तुत गर्दै हालसम्मको प्रगति र आगामी योजनाबारे जानकारी दिए । उनले नेपाली भिलेज यूकेको मुख्य परियोजनाका लागि स्थानिय निकायमा प्लानिङ परमिसन प्रक्रिया जारी रहेको पनि अवगत गराए ।

प्लानिङ डाइरेक्टर कोलिनले प्लानिङको पूर्ण अपडेट सहितको रिपोर्ट पेश गर्दै स्थानीय निकाय वातावरण र वन्यजीवका बारेमा अत्यन्त संवेदनशील भएकाले प्रक्रिया केही ढिलाइ भइरहेको जनाएकी थिइन् ।

उक्त अवसरमा नेपाली भिलेज यूकेको ठिक अगाडि अवस्थित बुद्धिस्ट रिट्रिट सेन्टर ‘अबरक्ल्याड हाउस’ दुई वर्षदेखि बिक्रीका लागि खुला रहेको र हाल यसको मूल्य १.१ मिलियन पाउण्ड (एघार लाख पाउन्ड) मा झरेको हुँदा नेपाली भिलेज यूकेले उक्त घर-सम्पत्ति खरिद गर्ने तयारी भइरहेको जानकारी दिइएको थियो । यस खरिदबाट परियोजनाले अपेक्षित समयभन्दा छिटो व्यवसायिक प्रगति गर्ने अपेक्षा गरिएको छ ।

सभामा सहभागी सम्पूर्ण शेयरहोल्डरहरूको सल्लाह र सहमतिमा परियोजनाको तेस्रो चरणको शेयर अभियान यही जुलाई १ तारिखदेखि सुरु गर्ने निर्णय पनि गरिएको छ । उक्त अभियान यूकेका विभिन्न शहरमा आयोजना गरिने कार्यक्रममार्फत सञ्चालन गरिनेछ भने हालका २९३ जना शेयरहोल्डरलाई थप शेयरका लागि प्राथमिकता दिने व्यवस्था गरिनेछ ।

हाल परियोजनामा शेयरहोल्डरहरूका लागि मात्र सञ्चालनमा रहेको हलिडे होम सेवा निकट भविष्यमा आम सर्वसाधारणका लागि पनि खुला गर्ने तयारी भइरहेको छ। साथै, परियोजनाको जग्गामा अर्गानिक फार्म सञ्चालन गर्दै नेपाली सागपात र विभिन्न पुष्पजन्य बिरुवा रोपेर वातावरणीय सौन्दर्य वृद्धि गर्ने योजना पनि अघि सारिएको छ ।

नेपाल र नेपाली समुदायका लागि दीर्घकालीन सोचसहित अघि बढिरहेको नेपाली भिलेज यूकेको यो पहलले बेलायतस्थित नेपालीहरूको सामाजिक, सांस्कृतिक र आर्थिक पहिचान बलियो बनाउन एवं नेपाल र वेल्सको पर्यटन प्रवर्धनमा थप योगदान पु¥याउने अपेक्षा गरिएको छ।

स्मरण रहोस्, यस परियोजनाको मुख्य उद्देश्य मिड वेल्स, बेलायतमा ‘नेपाली भिलेज’ निर्माण गर्नु हो जुन मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्रका रूपमा स्थापित हुनेछ । जहां शान्त वातावरणमा छुट्टी मनाउने र स्थानीय तथा नेपाली संस्कृतिबारे जान्न अनि ग्रामीण नेपाली गाउँको स्वाद अनुभव गर्न पाउने विभिन्न सुविधायुक्त स्थल पनि हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register