‘फेमिनिस्ट फ्युचर : आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ (तस्वीरहरू)

काठमाडौं । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी शनिबारदेखि सुरु भएको छ । ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्षलाई उजागर गर्ने कोसिस गरेको छ । तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु प्रदर्शनी तीन महिनासम्म चल्ने […]

Jan 26, 2025 - 06:17
 0
‘फेमिनिस्ट फ्युचर : आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ (तस्वीरहरू)

काठमाडौं । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी शनिबारदेखि सुरु भएको छ ।

‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्षलाई उजागर गर्ने कोसिस गरेको छ ।

तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु प्रदर्शनी तीन महिनासम्म चल्ने छ ।

प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक-एक जना गरी १० महिला कलाकारको सृजना राखिएको छ ।

प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीतिजस्ता विषयमा सम्बोधन गर्ने प्रयास गरेको छ ।

तस्वीरहरु:-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register