सुप्रिम सहकारी ठगी प्रकरण : लामिछाने पक्षका वकिलको बहस जारी

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा आइतबारको थुनछेक बहस चलिरहेको छ । न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासमा प्रतिवादी रवि लामिछाने पक्षका वकिलहरुले बहस गरिरहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । अहिले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले लामिछानेको पक्षमा बहस गरिरहेका छन् । सुप्रिम सहकारी संस्थाको रकम ठगी […]

Jan 26, 2025 - 06:11
 0
सुप्रिम सहकारी ठगी प्रकरण : लामिछाने पक्षका वकिलको बहस जारी

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा आइतबारको थुनछेक बहस चलिरहेको छ ।

न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासमा प्रतिवादी रवि लामिछाने पक्षका वकिलहरुले बहस गरिरहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

अहिले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले लामिछानेको पक्षमा बहस गरिरहेका छन् ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register